लक्ष्मी भगवानलाई खुशी पार्न गर्नुहोस  ७ वटा  तरिका

Yugnepal     1540 पटक पढिएको    

लक्ष्मी भगवानलाई खुशी पार्न गर्नुहोस  ७ वटा  तरिका

लक्ष्मी भगवानलाई खुशी पार्न गर्नुहोस  ७ वटा  तरिका 

हिन्दु धर्ममा लक्ष्मीलाई धनकी देवी भनिन्छ । सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। लक्ष्मीको पुजा गरे धनी भइने जनविश्वास रहेको छ । यहाँ लक्ष्मीलाई खुसी पार्ने ७ तरिकाहरु प्रस्तुत गरिएको छस्

१। घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ। खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् र कुवेरको मुर्ति राखिएको स्थान सफा हुनुपर्छ।

२। श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी सबैभन्दा खुसी हुने धर्म शास्त्रमा उल्लेख छ। श्रीफलको अर्थ पनि लक्ष्मी नै हो। यो नरिवल सामान्य नरिवल भन्दा सानो हुन्छ।

३। पारोले बनाइएका जुनसुकै चित्र वा तस्विर पनि लक्ष्मीका लागि विशेष मानिन्छन्। घरमा पारोले बनेको लक्ष्मीको मुर्ति राख्नु निक्कै फलदायी मानिन्छ।

४। लक्ष्मी समुन्द्रबाट उत्पत्ती भएको मानिन्छ। मुंगा पनि समुन्द्रकै उत्पादन भएका कारण मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्ती हुने विश्वास गरिन्छ।

५। चाँदीले बनेका लक्ष्मी र गणेशको मुर्ति सँगै राख्दा निक्कै फलदायी मानिन्छ। तर यस्ता मुर्तिको पुजा भने दैनिक रुपमा गरिनुपर्छ।

६। श्री यन्त्रको प्रयोग पनि लक्ष्मी खुसी पार्ने अचुक उपाय हो। यसको पुजा गर्दा लक्ष्मी खुसी हुने जनविश्वास छ।

७। कमलको वियों लक्ष्मीलाई चढाउँदा फलदायी हुने विश्वास छ। यसले घरमा धनको वृद्धि हुने मानिन्छ।
 



आइतबार ०३, चैत २०७५ ०७:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.