नवजिवन सहकारीको निक्षेप ३ अर्व

Sunil Auji     1696 पटक पढिएको    

नवजिवन सहकारीको निक्षेप ३ अर्व


     नवजिवन सहकारी  संस्थाले चालु आर्थिक वर्षको कात्र्तिक मसान्तमा रु  ३ अर्व १३ करोड ५६ लाख ६२ हजार निक्षेप संकलन गरेको छ ।  कर्जा लगानी भने रु २ अर्व ८७ करोड ५४ लाख ६१ हजार रहेको संस्थाका अध्यक्ष चक्र बहादुर सिंहले विहीवार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
   उनका अनुसार धनगढीमा रहेका बैंक भन्दा नवजिवन सहकारीले बढी निक्षेप संकलन गरेको छ भने कर्जा लगानी पनि बढी नै गरेको छ । संस्थाले चालु आर्थिक बर्षको हाल सम्म १ करोड ५७ लाख २७ हजार रुपैयाँ मुनाफा गरेको छ भने गत आर्थिक वर्षमा १३ करोड १८ लाख ६३ हजार रुपैयाँ मुनाफा गरेको पत्रकार सम्मेलमा जानकारी दिएको छ ।
    देशकै अग्रणी र ठूलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारी संस्थाको ७ वटा  शाखा र सेवाकेन्द्र कैलाली,  कञ्चनपुर र बर्दिया जिल्लालाई कार्य क्षेत्र बनाएको थियो ।  चालु आर्थिक वर्ष भित्र कैलाली जिल्लाको राजपुर , चौमाला , हसुलिया,र डडेलधुरा जिल्लाको खलंगा  र काठमान्डौं नयाँ बानेश्वरमा सेवाकेन्द्र संन्चालन गर्नका लागी सहकारी विभाग काठमान्डौबाट  स्वीकृती भएको अध्यक्ष सिंहले  पत्रकार सम्मेलनमा जानकारी दिए । ।
 संस्थाका शेयर सदस्य १९ हजार ९सय ३९ जना पुगेको अध्यक्ष सिंहले बताए । संस्थाले  शेयर सदस्यको सीप विकास, शिक्षा स्वास्थ्यमा सहयोग जस्ता कार्यक्रम सञ्चालन गरेको छ   भने संस्थाले कृषि, व्यापार, उद्योग, सेवा, निर्माण, विपन्न वर्ग लागी लघुवित्त ,उपभोक्ता मार्फत कर्जा  प्रवाह गरेको अध्यक्ष सिंहले बताए ।



बिहिबार २६, मङि्सर २०७६ ०६:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.