सागको ड्रोन प्रस्तुतिमा लिपुलेक छैन, सरकारमाथि गम्भीर प्रश्न

Yugnepal     737 पटक पढिएको    

सागको ड्रोन प्रस्तुतिमा लिपुलेक छैन, सरकारमाथि गम्भीर प्रश्न

 

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको समापन मंगलबार भएको छ । भब्यताका साथ समापन सकिएको छ । नेपालले समापनलाई यादगार बनाउन १५० वटा ड्रोनको समेत प्रयोग गरेर आकर्षक प्रस्तुती गरेको थियो ।

ड्रोनमार्फत बनाइएको नेपालको नक्सामा भने भारतले नयाँ नक्सामा आफ्नोतर्फ समेटेको लिपुलेकलाई समावेश नगरिएकोमा धेरैलाई खट्कियो।

देश नै लिपुलेक नेपालको भएको भन्दै प्रर्दशनमा उत्रिरहँदा सरकार भने औपचारिक प्रस्तुतीमा गल्ती गरेको छ।यो गल्ती हो वा केपी शर्मा ओली नेतृत्वको सरकारले जानीजानी गरेको हो रु यससम्बन्धमा सरकारले जवाफ दिनु जरुरी रहेको माग हुन थालेको छ।

ओली सरकारले भारतद्धारा सीमा मिचेको नक्सा सार्वजनिक हुँदा पनि पत्र लेख्नु बाहेकको चासो देखाउन सकेको छैन । प्रभावकारी कुटनीतिक पहल हुन सकेको छैनक्ष्

त्यतिमात्र हैन परराष्ट्र मन्त्रालयले समेत फितलो विज्ञप्ति निकालेर टारेको यथार्थ हामी सामु छ । यति ठूलो सीमाको विषयमा केवल नेपाली भाषामा मात्र निकालिएको विज्ञप्तिले भन्छ कि त्यो विज्ञप्ति भारतलाई समेत देखाइएन।

यो कमजोरीको पछाडि ओली सरकारको नियत अझै स्पष्ट भइसकेको छैन । त्यसमाथि सातै राष्ट्रका प्रतिनिधि रहेको सागको समापनमा सही सन्देश दिन नसक्नु सरकारको कमजोरी हो । या जानीजानी सरकारले यसलाई प्रश्रय दिएको हो भने यो गम्भीर आपत्तिजनक छ । ड्रोनको प्रयोगमा युनिकपन छ । तर आफ्नो सही नक्सा बनाउन नसक्नेलाई कार्वाही किन नगर्ने भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

‘सीमा चिनाऔं माटो बचाऔं’ अमिथानका अभियन्ता नवराज त्रिपाठीले सरकारले गरेको यो गल्तीको समर्थन गर्न नसकिने बताए। नेपालको वास्तविक नक्सा बनाउन अभियान चलाएका उनीहरुले सरकारको लागि एउटा कार्यक्रम ल्याउने बताए।



बुधबार २५, मङि्सर २०७६ १२:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.