पुरुष फुटबलको स्वर्ण नेपाललाई

Yugnepal     1541 पटक पढिएको    

पुरुष फुटबलको स्वर्ण नेपाललाई


काठमाडौं। तेह्रौं साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानलाई २(१ गोलले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको छ।

नेपालका लागि खेलको १७औं मिनेटमा अभिषेक रिजालले गोल गरेका थिए। पहिलो हाफमा नेपालले केही राम्रा अवसरहरुको सृजना गरेको भए पनि गोल गर्न भने सकेको थिएन।

खेलको ३७औं मिनेटमा भुटानी टोलीका कप्तान चेन्चो ग्याल्सेनले दर्शनीय गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। चेन्चोको स्पिड र सटिक प्रहारलाई नेपाली रक्षापंक्ती र किपरले रोक्न सकेको थिएन। भुटानले पनि केही राम्रा आक्रमणको प्रयास गरेको भए पनि नेपाली रक्षापंक्तीका खेलाडीहरु रोकेका थिए।

दोस्रो हाफको सुरुवातमा दुवै टोलीले आक्रमक फुटबल खेलेका थिए। भुटान केही आक्रमक देखिएको थियो भने नेपाली टोलीले काऊण्टर आक्रमण गरेका थिए। खेलको ५३औं मिनेटमा सुनिल बलले टाउकोले दर्शनीय गोल गरेका थिए।

दोस्रो हाफमा नेपालले संयमित र उत्कृष्ठ फुटबल खेल्दै केहि आक्रमणहरु गरेको भए पनि थप गोल गर्न सकेको थिएन।



मङ्गलबार २४, मङि्सर २०७६ १०:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal