पुषे १५ मा धनगढीमा प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड हुने

Yugnepal     1449 पटक पढिएको    

पुषे १५ मा धनगढीमा प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड हुने

 

धनगढी, १६ मंसिर  स् धनगढीमा प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७६ आयोजना हुने भएको छ । पुष १५ मा खेलकद पत्रकार मञ्च कैलालीले स्पोर्टस अवार्ड आयोजना गर्ने लागेको हो ।
पहिलो पटक हुने स्पोर्टस अवार्डले खेलकुदका माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउका साथै सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनमा देशको नाम अन्तराष्ट्रिय जगतमा चिनाउन उत्प्रेरणा प्रदान गर्ने खेलकद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाको भनाई छ ।
अवार्डमा सुदूरपश्चिमको प्रतिनिधित्वगर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएर पदक जित्न सफल खेलाडी, प्रशिक्षक र खेलकुद क्षेत्रमा लागेकाहरुको योगदानलाई उच्च कदर हुने छ
बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चले धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ । यस्तै स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ । अवार्ड विभिन्न ६ विधामा दिईने छ । अवार्डमा साढे ३६ लाख बढी रकम खर्च लाग्ने आयोकले जानकारी दिएको छ ।



सोमबार १६, मङि्सर २०७६ ०५:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal