भक्तपुरमा कांग्रेसका भँडेल विजयी

Yugnepal     684 पटक पढिएको    

भक्तपुरमा कांग्रेसका भँडेल विजयी

 

भक्तपुर– भक्तपुर– १ ‘क’ बाट नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन्। यसअघि एमाले ९हालको सतारुढ नेकपा० ले विजयी हाँसिल गरेको यो क्षेत्रमा कांग्रेस विजयी बनको हो।

यसअघिको यही स्थानको स्थानीय निकायको निर्वाचनमा पनि मेयर, उपमेयरसहित अधिकांश वडाअध्यक्ष पनि पूर्व एमालेबाटै विजयी भएका थिए।

काँंग्रेसका भडेलले १३ हजार चार सय ४८ मत ल्याई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपाका डीपी ढकालले ११ हजार एक सय ९७ मत पाएका छन्। तेश्रो स्थान यसअघि जस्तै नेपाल मजदुर किसान पार्टीका निरज लवजूले पाँंच हजार आठ सय २९ मत पाएका छन्।

यसपटक यस क्षेत्रमा कूल ४५ हजार १५ जना मतदाता रहेका थिए। त्यसमध्ये ३२ हजार ३७ ९७१ प्रतिशत० मत खसेको थियो।
गएको यस क्षेत्रको निर्वाचनमा १२ हजार सात ८९ मत एमालेका हरिशरण लामिछाने विजयी भएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार नौसय ७४ मत ल्याएका थिए। त्यस्तै सात हजार १९ मत ल्याएर नेपाल मजदुर किसान पार्टीका निरज लवजू तेस्रो स्थानमा रहेका थिए।

चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका वडा नं १० गरी यस प्रदेशमा जम्मा १० वटा वडा रहेका छन्। यस पटकको निर्वाचनमा नेकपा, नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टीलगायतका गरी नौ दलहरुबाट नौ जना र १० जना स्वतन्त्र गरी १९ जना उम्मेदबारहरु प्रतिस्पर्धामा थिए।



आइतबार १५, मङि्सर २०७६ ०२:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.