गोमन सर्प भन्दा कम्युनिष्टको बढी विष

Yugnepal     707 पटक पढिएको    

गोमन सर्प भन्दा कम्युनिष्टको बढी विष

 

डोटी । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले गोमन सर्प भन्दा कम्युनिष्टको बढी विष हुने बताएका छन् । 

उपनिर्वाचनमा क्रममा डोटीको आदर्श गाउँपालिका २ को कोटान्जरमा घरदैलो कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका बलायरले  गोमन सर्पले टोक्दा उपचार हुन सक्ने तर कम्युनिस्ट आइलाग्दा उपचार हुन नसक्ने बताए । 

यही मंसिर १४ गते हुन गइरहेको उप निर्वाचनमा काङ्ग्रेसलाई नजिताए अझै जनताका हक अधिकार खोसिँदै जाने बलायरले बताए । 

सरकार दिनहुँ अधिनायकवादतर्फ उन्मुख हुँदै गएकाले रुख चिन्हलाई खोजी खोजी भोट हाल्न बलायरले अनुरोध गरे ।



बुधबार ११, मङि्सर २०७६ ११:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.