यी हुन् चिसो मौसममा बिहानै खाली पेटमा मनतातो पानी पिउनुका फाइदा

Yugnepal     1220 पटक पढिएको    

यी हुन् चिसो मौसममा बिहानै खाली पेटमा मनतातो पानी पिउनुका फाइदा


एजेन्सी,मंसिरः स्वास्थ्यका लागि पानी पिउनु अत्यावश्यक छ । दिनहु प्रयाप्त शुद्ध पानी पिउँदा शरिरमा रोग नलाग्ने मात्र होइन अधिकांश रोग आफै निको हुन्छन् । यसले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ ।
चिसो मौसममा एकाबिहानै एक गिलास मनतातो पानी पिउँदा दिन नै राम्रो बित्छ । बिहान पानी पिएपछि एक घन्टासम्म केही खानुहुन्न । दिनभरिमा १० गिलास पानी पिउन चिकित्सकको सल्लाह छ ।
बिहानै एक गिलास मनतातो पानी पिउँदा हुने फाइदाः–
पेट सफा
बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ । यसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ ।
छाला चम्किलो
छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ । यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ ।
मोटोपन घटाउने
बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ ।
भोक बढाउने
पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ ।
रोग हटाउने
खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउको दुखाइ, पेटमा ग्यास भरिने समस्या हट्छ ।

हेल्थ टुडेबाट साभार



सोमबार ०९, मङि्सर २०७६ ०७:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal