अचम्म  चित्रबहादुर र प्रचण्डको मेल कसरी भयो

Yugnepal     826 पटक पढिएको    

अचम्म  चित्रबहादुर र प्रचण्डको मेल कसरी भयो

 

बागलुङ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार अहिलेसम्मको भ्रष्ट सरकार भएको आरोप लगाएका छन् । नेपाली कांग्रेसले उपनिर्वाचनको सन्दर्भमा निसीखोला गाउँपालिकाको झिवाखोलामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो आरोप लगाएका हुन् ।

उनले उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चा र नेकपाको गठबन्धनका मुद्धा कसरी मिले आफै अचम्म भएको बताएका छन । राजमोका अध्यक्ष चित्रबहादुर केसी संघियताको विरोध गर्नुहुन्छ । प्रचण्ड देश टुक्राउुपर्छ भन्ने हो । यी दुई विचको मेल कसरी भयो यो त अचम्म भो थापाले भने, दुई धुव्रको क्षणिक मिलनले बागलुङका जनतालाई धोका हुने बताए । उनले संघियताको विरोध गर्ने नै आफ्नो राजनितिक फाईदाको लागि संघियताको पक्षमा रहेको दलसँग मिल्न गएको बताए ।

 नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तपाईले ल्याउने भनेको रेल कहिले आउँछ भनेर प्रश्न गरेका छन । प्रधानमन्त्री ज्यू तपाईले भनेको रेल र पानी जहाज कहिले आउँछ । दुई वर्ष कहिले पुग्ने हो तपाईको कार्यकाल त पाँच वर्षको हो अब मात्र दुई वर्ष बाँकी छ । रेल र पानी जहाजका सपना बाँडेर जनतालाई उल्लु नबनाउनुहोस ।’ उनले सरकाले दुई वर्षमा काठमाडौंको खाडल पुर्न नसक्ने पानी जहाजका फुर्सा सपना मात्र बाँडने गरेको आरोप लगाए । अझै ३ वर्ष तपाईकै हो । नेता थापाले भने ‘३ वर्ष तपाईको शैली बदल्नुहोस शैली बदल्नुभयो भने बरु कांग्रेसले पनि सहयोग गर्छ । 

उनले सरकारले रोजगारी सिर्जन भने पनि यो दुई वर्षमा ५ सय उद्योग बन्द भै सकेको हुँदा यो त झनै युवाहरुलाई कतार मलेशिया पठाउने काम मात्र भएको बताए । थापाले यो निर्वाचन कांग्रेसका लागि अति महत्वपुर्ण निर्वाचन भएको हुँदा कांग्रेसका उम्मेदवार जित शेरचनले जित्न अति जरुर रहेको बताए । थापाले भने ‘जित शेरचनले जितेर देवकुमारले जस्तो दरबार बनाउने हैन, उ सँग सम्पती छैन उ सँग केवल तपाईको मायाँ छ । उसले जित्यो भने निसी र भुजीखोलाका बासिन्दाका जनताको काम गर्ने हो । 

त्यसैले जितलाई जिताएर यहाँकै जनतासँग काम गर्ने मौका दिनुहोस । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले दुई तिहाईको सरकार गतिशिल बन्ला भन्दा झनै खस्कदै गएको बताए । उनले सरकारले अहिले सम्म जनताको काममा भन्दा पनि आफ्ना कार्यकर्ता पालनपोषणमा ध्यान दिएको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका गण्डकी प्रदेशका प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली, केन्द्रीय सदस्य रत्ना शेरचन लगायतले बोलेका थिए । 



सोमबार ०९, मङि्सर २०७६ ०६:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.