वर्तमान सरकार नारामा राष्ट्रवाद, व्यवहार लम्पसारवाद - सभापति देउवा

Yugnepal     848 पटक पढिएको    

वर्तमान सरकार नारामा  राष्ट्रवाद, व्यवहार लम्पसारवाद  - सभापति  देउवा


धनगढी – नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री  शेरबहादुर देउवाले केपी ओलीको  सरकार राष्ट्रवादको नारा दिएर लम्पसारवादमा फसेको  आरोप लगाएका छन्।
‘मंसिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भएकाले यसको पालना गराउन निर्वाचन आयोग पनि गम्भिर बन्नुपर्छ।’ सभापति देउवाले भने, ‘नेकपा सरकारका जन भावना विपरितका कामको विरुद्ध अब कांग्रेसका कार्यकर्ता सशक्त भएर लाग्नुस्। सरकार दिनप्रतिदिन जनताको नजरमा अलोकप्रिय बन्दै  गएकोले कांग्रेसका कार्यकर्ताहरुले जनताका भावना अनुसार काम गर्ने वेला आएको बताएका छन्।

भारतले नेपाली भुमि आफ्नो नक्सामा देखाए पनि भारतसँग वार्ता गर्नुको सट्टा सरकारले लम्पसारवाद देखाएको आरोप लगाएका हुन्।
शनिबार धनगढीमा आयोजित नेपाल महिला संघको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले भारतले अहिले ल्याएको नक्सा गलत भएकाले सरकारले कुटनितिक माध्यमबाट तत्काल सच्चाउन पहल गर्नुपर्ने बताए।

उनले महाकाली सन्धिमा महाकाली नदीलाई दुई देशको सीमाना मानिएको उल्लेख गर्दै अहिले भारतीय पक्षबाट नदी वारी पनि सिमा मिच्नु दुस्खद रहेको उल्लेख गरे। भारतले त्यही सन्धि अनुसार कार्यान्वयन गर्नुपर्ने देउवाको भनाई छ।

नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु आचारसंहिता उलंघन गर्दै स्वेच्छाचारी ढंगले हिँडिरहेको समेत सभापति देउवाले आरोप लगाए।

 



शनिबार ३०, कार्तिक २०७६ ०९:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.