चुरे क्षेत्रको पर्यटन प्रवद्र्धनमा जुट्यो गाउँपालिका

युग संवाददाता     2054 पटक पढिएको    

चुरे क्षेत्रको पर्यटन प्रवद्र्धनमा जुट्यो गाउँपालिका


चुरे २७ कात्तिक  नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चुरे क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज कैलालीको सहजपुरमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।
चुरे गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा सहभागीहरुले नेपाल भ्रमण वर्ष  २०२० मा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने गरी पर्यटकीय क्षेत्रको पहिचान गर्नुपर्ने सुझाव दिनुभयो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराले चुरे गाउँपालिका क्षेत्रमा रहेका ऐतिहासिक गर्भादरबार, रातो पहिरो, चमेरो गुफा, कम्पासेधुराको ब्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी गाउँपालिकाले कार्ययोजना अघि सारेको दिनुभयो ।  


उहाँले चुरे आफैमा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकोले राज्यको थोरै मात्र लगानी गर्न सके ठूलो पर्यटकीय क्षेत्रको रुपमा हुने बताउनुभयो । यसका लागि स्थानीय तहको लगानी मात्रै पर्याप्त नरहेको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत बोहराले जनप्रतिनिधिले प्रदेश र संघीय सरकारसँग समन्वय गरी लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो ।
पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय तह लागि परेको बताउँदै चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले पर्यटन प्रवद्र्धनमा सबैको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।


चुरे गाउँपालिका सुन्तला, अदुवा, कागती खेतीसँगै पशुपालनका लागि उपयुक्त ठाउँ भएको उहाँले बताउनुभयो ।
सो अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गीतादेवी साउँद, वडाध्यक्ष टेकबहादुर शाह, हुकुम बोहरा, नरबहादुर तामाङ, प्रेम साउँद, नेकपाका नेता हरिशैकर योगी, पत्रकार, बुद्धिजीवी, समाज सेवी, पर्यटन व्यवसायी होटल व्यवसायी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन चन्द्रदेश भट्टले गरेका थिए ।

 



बुधबार २७, कार्तिक २०७६ ०८:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.