उपनिर्वाचन : स्थानीय तहको उम्मेदवारी दर्ता आज

Yugnepal     881 पटक पढिएको    

उपनिर्वाचन : स्थानीय तहको उम्मेदवारी दर्ता आज

मंसिर १४ मा हुने उपनिर्वाचन अन्तर्गतको स्थानीय तहका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने छ।

निर्वाचन आयोगले कात्तिक १ गते ‍समय तालिका सार्वजनिक गर्दै २७ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने बताएको थियो। आजै उम्मेदवारको सूची प्रकाशन गरिने तालिका छ। छ । बिहीबार उम्मेदवारमाथि उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ।

उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न वितरण गरिने छ । स्थानीय तह अन्तर्गत धरान उपमहानगरपालिका (सुनसरी)मा मेयर, फाल्गुनन्द गाउँपालिका (संखुवासभा)मा अध्यक्ष, पिपरा गाउँपालिका (महोत्तरी) मा अध्यक्ष तथा खार्पुनाथ गाउँपालिका (हुम्ला) मा उपाध्यक्ष पदाका लागि निर्वाचन हुँदैछ। त्यस्तै, ३७ जिल्लाका ४३ वडा अध्यक्षको पनि निर्वाचन हुँदैछ।



बुधबार २७, कार्तिक २०७६ १०:५९ मा प्रकाशित

#भ्रमण वर्ष २०२० #visit nepal 2020 #उपनिर्वाचन

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal