सुनकोशी नदीमा खस्दा १० जनाको मृत्यु र करीब दुई दर्जन व्यक्ति घाइते - देउवाद्वारा दुःख व्यक्त

Yugnepal     586 पटक पढिएको    

सुनकोशी नदीमा खस्दा १० जनाको मृत्यु र करीब दुई दर्जन व्यक्ति घाइते - देउवाद्वारा दुःख व्यक्त

 


काठमाडौं ।  दोलखाको देउरालीबाट काठमाडौँ तर्फ आउँदै गरेको बा २ ख नम्बरको बस सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा खस्दा १० जनाको मृत्यु र करीब दुई दर्जन व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । बेपत्ताहरुको खोजी तथा घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन् ।



आइतबार १७, कार्तिक २०७६ ०४:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.