कांग्रेस बैठकः उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई

Yugnepal     881 पटक पढिएको    

कांग्रेस बैठकः उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टीका पदाधिकारीलाई दिएको छ। शुक्रबार पार्र्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टी केन्द्रीय कार्य समिति बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको उम्मेदवारी चयन गर्ने जिम्मेवारी पार्टीका पदाधिकारीलाई दिने निर्णय गरेको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासहितको पदाधिकारीलाई उपनिर्वाचनको उम्मेदवार चयनको जिम्मेवारी बैठकले दिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनले संसदीय बोर्ड नभएकाले पार्टीको विधान बमोजिम सो काम गर्ने जिम्मेवारी पार्टीको पदाधिकारी बैठकलाई दिने निर्णय गर्नु परेको पनि स्पष्ट पारे।

नेपाली कांग्रेसले पार्टी संसदीय बोर्डमार्फत निर्वाचनको उम्मेदवार चयन गर्दै आएको थियो। तर हाल सो बोर्ड नरहेपछि त्यसको जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिने निर्णय गरेको हो।   नागरिक दैनिक बाट साभार समाचार



शनिबार १६, कार्तिक २०७६ १०:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal