नेपाली कांग्रेस डडेल्धुराले थाल्यो गुटबन्दीबिरुद्ध अभियान

Yugnepal     1245 पटक पढिएको    

नेपाली कांग्रेस  डडेल्धुराले  थाल्यो   गुटबन्दीबिरुद्ध अभियान


 टेकराज अवस्थी- डडेल्धुरा ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला चरम गुटबन्दी मौलाई रहेको वेला डडेल्धुरा कांग्रेसमा पार्टी सुदृढिकरण अभियानको थालनी भएको छ ।  केही नेता तथा कार्यकर्ताको पहलमा  गुटबन्दीको अन्त्य गरौं भन्ने नाराका साथ पार्टीको आन्तरिक राजनीतिलाई सभ्य र संस्थागत बनाउन सुदृढिकरण अभियान गरिएको आयोजक नेपाली कांग्रेस पार्टी सुदृढिकरण अभियानले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सभापतिको गृह जिल्ला समेत रहेको डडेल्धुरामा गुटउपगुटका कारण पार्टी निकै कमजोर र आम जनतामा निरासा फैलिएकोले गुटको अन्त्य गरी नेपाली कांग्रेस डडेल्धुरालाई सुदृढ वनाउँदै लैजाने भन्दै शुभकामना आदानप्रदान कार्यक्रम मार्फत जनस्तरसमम अभियानलाई लैजाने उद्घोष पनि गरेका छन ।

जिल्लाका ५२ वटै वडाका वडा सभापति ,क्षेत्रिय सभापति, स्थानिय तहका पार्टी संयोजक, निर्वाचित जनप्रतिनिधी  भातृ तथा शुभच्छुक सस्थाका पदाधिकारी लगायत शुभचिन्तक क्रियाशील सदस्यको उपस्थितीमा गरिने भनिएको चियापान कार्यक्रम गुटका नेताहरुको ह्विप जारीका कारण कतिपय उपस्थित भएनन भने कतिपय निर्धक्कका साथ कार्यक्रमलाई समर्थन गरेका थिए ।

दुवै गुटमा लागेका नेताले संस्थागत फाईदा भन्दा पनि व्यक्तिगत लाभका कारण डडेल्धुरा कांग्रेस भताभुगं भएको अवस्था सिर्जना भएकाले कांग्रेसलाई वचाउन सुदृढिकरण अभियानको थालनी हुन जरुरी रहेको कांग्रेस नेतृ अमिता देवी रावलले बताइन्।

अमरगढी नगरपालिकाका पूर्व मेयर तथा अभियानका संयोजक मोहनराज पाठकले केन्द्रीय नेतृत्वकै गृह जिल्लामा अभियान संचालन गर्नु बिडम्बनाको विषय भएको बताउँदै नेताहरुको कार्यशैली प्रति आम जनता रुष्ट भएका कारण पार्टी गुटबन्दीको बिरोधमा सुदृढिकरण अभियानको आवश्यकता रहेको कांग्रेसको राजनीतिमा २०४१ साल देखि लागेका बताए ।

जिल्ला कांग्रेसलाई सुदृढ गरेर लैजानु पर्छ भन्ने अभियानमा सहभागि नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले गुटगत राजनीति अन्त गर्न अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन ।



शुक्रबार ०८, कार्तिक २०७६ ०८:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.