नेकपालाई ग्यास्ट्रिक र अल्सर छ अल्सरबाट क्यान्सर हुने चिन्ता छ अध्यक्ष प्रचण्ड

Yugnepal     830 पटक पढिएको    

नेकपालाई ग्यास्ट्रिक र अल्सर छ अल्सरबाट क्यान्सर हुने चिन्ता छ  अध्यक्ष   प्रचण्ड

 

 धनगढी कात्तिक १ - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेपछिल्लो समयमा कार्यकता मा देखीएको विकृतिले  पाटीमा असर परेकाले नेता तथा कार्यकर्तालाई अनुशासनमा रहन निर्देशन दिएका छन् ।


 सुदूरपश्चिमका स्थानीय तहका जनप्रतिनिधीका लागि आयोजित  प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो कुरा  बताएका हुन । पार्टी एकताको दुई बर्ष पछि पहिलोपटक  अध्यक्ष पुष्पकमल दाहाल कार्यकर्ता संग नजिक हुन थालेका छन् । अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’ ले सुदूरपश्चिमको पार्टीको विकास र विकास निर्माण र समृद्धिको निम्ति नयाँ वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

धनगढीमा आयोजित स्थानीय तहका पदाधिकारीहरुको विशेष प्रशिक्षण कार्यक्रमको सम्बोधन गर्दै उनले सिंगो सुदूरपश्चिमले उक्त प्रतिवद्धता गर्यो भने जुरुक्कै उठ्न सकिने बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय पार्टीका महासचिव, चीन सरकारका विदेशमन्त्री र राष्ट्रपतिको भ्रमणले नेपाललाई फाइदा पुगेको बताए । उनले भने–‘हामीहरुको अन्तक्रिया हुँदा उहाँहरुले आफ्नो कुरा राख्नुभयो । हामीले ९ करोड पार्टी सदस्यलाई कसरी सन्तुष्ट राखेका छौं रु ९ करोड पार्टी सदस्यबाट कसरी सबैलाई सन्तुष्ट राखेका छौं रु’ ‘गुट भनेको पार्टीका लागि महाघातक रोग हो । गुट हुँदा पार्टी सकिन्छ’ चिनियाँ कम्युनिष्ट पार्टीको प्रशसां गर्दै अध्यक्ष दाहालले भने । अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको सरल र गम्भीर विषयमा ध्यान दिएर सोच्न आग्रह गरे ।

अध्यक्ष दाहालले भने–‘पार्टी एकताको काम लगभग सकिएको स्पष्ट पारेका छन् । अब केही घण्टाको सचिवालय बैठक बस्नेवित्तिकै पार्टी एकताका बाँकी कामहरु टुगिंन्छ ।’ दुई तिहाइको सरकारको काम गरेन भन्ने जनआवाज आफूहरुले सुनेको भन्दै आफू देशभर घुमिरहेको बताए । ‘अर्का अध्यक्ष प्रधानमन्त्री भएको कारणले अलि व्यस्त हुनुहुन्छ । म चाँही अलि फुर्सदिलो भाको छु ।’ उनले भने –‘म लाई चाँही अलि फाइदा भएको छु । देशभरका कार्यकर्ताले के सोच्छन, के समस्या छ मैले बुझ्न पाएको छु ।’
 शुशासन र समृद्धि  सरकारको पहिलो प्राथमिकता रहेको रहेकाले  जनताका गुनसालाई सरकारले सम्बोधन गर्ने र पार्टीको भित्रको  गुट लाईदुई अध्यक्ष मिलेर अन्त्य गर्ने दाहालले बताएका छन् ।  ।  नेकपालाई ग्यास्ट्रिक र अल्सर छ अल्सरबाट क्यान्सर हुने चिन्ता छ  प्रचण्ड 



शुक्रबार ०१, कार्तिक २०७६ ०२:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.