वामदेव गौतम र माधव नेपालको लामो भेट

Yugnepal     1342 पटक पढिएको    

वामदेव गौतम र माधव नेपालको लामो भेट


दिपा दाहाल  


काठमाडौँ(शीर्ष नेताहरुलाई विभिन्‍न आश्वासन दिएर वरिष्ठ नेता माधवकुमार नेपाललाई एक्लाएर अघि बढ्ने प्रयास गरेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पुनः नयाँ समीकरण सुरु भएको छ ।

ओलीबाट आफूलाई पार्टीको उपाध्यक्ष बनाउने र कास्कीबाट निर्वाचनमा जिताउने आश्वासन पाए पनि त्यो लामो समय कार्यान्वयन नभएपछि पार्टीका नेता वामदेव गौतम पुनः नेता नेपालतिर ढल्किदै उनीसँगको भेटघाट बढाएको पार्टीका एक उच्च नेताको दाबी छ


चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमण सकेर गएको भोलिपल्ट सोमबार नेता गौतम नेपाललाई भेट्न उनकै निवास पुगेका थिए र उनीहरुबीच लामो छलफल भएको ती नेताले बताएका छन् ।

योसँगै अध्यक्ष ओलीविरुद्ध पुन स् नयाँ समीकरण बन्‍न थालेको बुझिएको छ। ओलीले आफूविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतको समीकरण बनेको भन्दै प्रचण्डलाई पूर्व सहमतिअनुसार आलोपालो सरकार र पार्टीको नेतृत्व गर्न दिने, खनालको वरियता नेपालभन्दा अघि राख्‍ने, गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने र कास्कीबाट चुनाव जिताउने आश्वासन दिएका थिए ।

दोस्रो पटक उपचारका लागि सिंगापुर जानूपूर्व ओलीले ती नेताहरुलाई दिएको आश्वासन करीब दुई महिना पुग्‍न लाग्दा समेत कार्यान्वयमा नआएपछि अध्यक्ष प्रचण्डसँगै गौतम पनि ओलीसँग असन्तुष्ट बनेको पार्टी सचिवालयका एक सदस्यले बताए।

उनले भने,‘ अध्यक्ष ओलीले आफूविरुद्ध षड्यन्त्र नहोस् भनेर सबैलाई विभिन्‍न आश्वासन दिएर आफूतिर तान्‍ने प्रयास गर्नुभयो । तर आफ्ना आश्वासन कार्यान्वयन गर्नतर्फ उहाँ लाग्‍नु भएन । त्यसले प्रचण्डलगायत नेताहरुमा फेरि आशंका उब्जिएको छ।’

ती नेताका अनुसार ओलीले कास्कीबाट निवार्चन जिताउने आश्‍वासन दिएपनि पछि ‘तपाई हार्ने सम्भावना छ’ भन्दै गौतमलाई चुनाव लड्न हतोत्साहित गरेपछि गौतमले सार्वजनिक रुपमा आफू कास्कीबाट चुनाव नलड्ने पक्षमा पुगेको बताएका थिए ।

यता, प्रचण्डलाई पनि पूर्वमाओवादी र एमालेबीचको एकताका बेला आफूसँग आलोपालो सत्ता र पार्टीको नेतृत्व गर्ने सहमति ओलीले गरेपनि त्यो कार्यान्वयन ती आशंका चुलिएपछि फेर िओलीविरुद्ध नयाँ समीकरणको विकास हुन थालेको ती नेताको दाबी छ ।

ओलीको व्यस्तताका कारण पार्टी सचिवालय बैठक लामो समय रोकिएको छ। मंगलबार चीनियाँ राष्ट्रपति ‘सी’को नेपाल भ्रमणको समीक्षा गर्न अनौपचारिक बैठक डाके पनि नेकपाले पार्टी एकताका बाँकी काम टुंग्याउने गरी सचिवालय बैठक नबोलाउँदा नेताहरुमा आशंका चुलिँदै गएको छ।

देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ। देश सन्चार अनलाइनबाट साभार समाचार



मङ्गलबार २८, असोज २०७६ ०८:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.