नेकपा सचिवालयका नेतासँग राष्ट्रपति सीको सामूहिक भेट

Yugnepal     576 पटक पढिएको    

नेकपा सचिवालयका नेतासँग राष्ट्रपति सीको सामूहिक भेट


काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङसँग सत्तासीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालयका नेताहरूले सामूहिक भेटवार्ता गर्दैछन् । आज बिहान साढे दस बजेका लागि तय भएको भेटवार्तामा दुई देश र दुई कम्युनिस्ट पार्टीको पारस्परिक हित प्रवर्द्धनका विषयमा छलफल केन्द्रित रहने सचिवालयका नेता झलनाथ खनालले जानकारी दिए ।

“सामान्यतयाः यो शिष्टाचार भेट हो । सबै सचिवालय सदस्यसँग सामूहिक भेट तय भएको छ । भेटमा धेरै कुरा हुँदैन,” खनालले बाह्रखरीसँग भने ।
बम
बम
बम

राष्ट्रपति सीसँग पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भने छुट्टै भेटघाट गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

सचिवालयका नेतासँगको सामूहिक भेटपछि प्रचण्डले भेट्नेछन् । तत्पश्चात प्रधानमन्त्री केपी ओलीसँग सीको भेटवार्ता हुनेछ । शिष्टाचार भेटपछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भने सीले शनिबारै भेटवार्ता गरेका छन् । दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका सी आजै मध्याह्न स्वदेश फर्कनेछन् । आजै दुई देशबीच महत्त्वपूर्ण समझदारीमा हस्ताक्षर हुनेछ ।
 



आइतबार २६, असोज २०७६ ११:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.