कांग्रेसले हरेक वर्ष झैं यसपटक पनि चियापान गर्दै

Yugnepal     848 पटक पढिएको    

कांग्रेसले हरेक वर्ष झैं यसपटक पनि चियापान गर्दै

काठमाडौं । नेपाली काँग्रेसले हरेक वर्ष जस्तै यो पटक पनि चियापान आयोजना गर्दैछ । हरेक वर्षजस्तै यो वर्ष पनि दशैं, तिहार र छठका अवसरमा कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान आयोजना गर्न लागेको हो ।

काँग्रेसले विसं २०३३ सालमा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

कांग्रेसले पार्टी मुख्यालय बीपीनगर सानेपामा दिउँसो १ देखि साँझ ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखेको पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेसागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, विभिन्न सञ्चार माध्यमका प्रमुख, पत्रकारलगायतका विशिष्ट व्यक्ति एवं शुभेच्छुकको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्कदै गर्दा केही समय उक्त चियापान प्रभावित हुने अनुमान गरिएको छ ।



आइतबार २६, असोज २०७६ १०:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal