नवरात्रको छैटौं दिनः कात्यायनी माताको पूजा, यस्तो छ महत्व

Yugnepal     1182 पटक पढिएको    

नवरात्रको छैटौं दिनः कात्यायनी माताको पूजा, यस्तो छ महत्व

काठमाडौं । बडादशै अन्तर्गत नवरात्रको छैटौं दिन शुक्रबार घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । यस दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको मानिन्छ । शक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको बध गरेको ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छिन् ।

बडादशैंमा घटस्थापनादेखि नवमीसम्म हरेक दिन एक एक शक्तिमाताको विशेष पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्ति पूजा गरिन्छ ।

देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।



शुक्रबार १७, असोज २०७६ ११:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.