एक मुखे रुद्राक्ष देख्ने वित्तिकै दर्शन गरौं शिब जी  देखेसरह हो

Yugnepal     1359 पटक पढिएको    

एक मुखे रुद्राक्ष देख्ने वित्तिकै दर्शन गरौं शिब जी  देखेसरह हो


भाग्यमानी हुन्छन ति मान्छे जसलाई एक मुखी रुद्राक्षको दर्शन हुन्छ – जान्नुहोस् यसको चमत्कार रुद्राक्षको नाम र त्यसको उपयोग एकमुखे रुद्राक्ष यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ ।विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा ।

सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।द्विमुखी रुद्राक्ष सबै प्रकारका कामनालाई पूरा गर्ने तथा दाम्पत्य जीवनमा सुख, शांति व यश प्रदान गर्ने ,अर्धनारीश्वरको रुप ।

त्रिमुखी रुद्राक्ष ऐश्वर्य प्रदान गर्ने ।चतुर्थमुखी रुद्राक्ष धर्म, अर्थ काम तथा मोक्ष प्रदान गर्ने । पञ्चमुखी रुद्राक्ष सुख प्रदान गर्ने ,सन्तान सुख।षष्ठमुखी रुद्राक्ष पापहरुवाट मुक्ति तथा सन्तान सुख प्रदान गर्ने,भगवान कार्तिकेय को स्वरुप।सप्तमुखी रुद्राक्ष दरिद्रता हटाउने ,सप्तग्रह र शनिश्वर को स्वरुप। अष्टमुखी रुद्राक्ष श्री गणेश, आयु तथा सकारात्मक ऊर्जा प्रदान गर्ने ।नवममुखी रुद्राक्ष भगवती देवी दुर्गा,शक्ति प्रदान गर्ने, मृत्यु भय बाट मुक्त गर्ने ।

दसमुखी रुद्राक्ष विष्णु को स्वरुप्, शान्ति तथा सौन्दर्य प्रदान गर्ने ।एघार मुखी रुद्राक्ष भगवान रुद्र , विजय दिलाउने, ज्ञान तथा भक्ति प्रदान गर्ने ।बाह्र् मुखी रुद्राक्ष भगवान नारायण र सूर्य ग्रह , धन प्राप्ति प्रदान गर्ने ।तेह्र् मुखी रुद्राक्ष इन्द्र, कुवेर, कामदेव र पितृदेवता, शुभ वा लाभ प्रदान गर्ने ।चौध मुखी रुद्राक्ष हनुमानको प्रतीक, सम्पूर्ण पाप नष्ट गराउने ।



सोमबार २७, फागुन २०७५ ०२:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.