धर्मको नाममा कसरी हुन्छ अन्धविश्वास हावी ?

Yugnepal     923 पटक पढिएको    

धर्मको नाममा कसरी हुन्छ अन्धविश्वास हावी ?

हाम्रो ऋषि-मुनिहरुको सधै यही प्रार्थना रह्यो ;
असतोमा सद्गमय !
तमसोमा ज्योतिर्गमय !!
मृत्योर्माऽमृतं गमय !!!

उनिहरुले भने हे भगवान !  हामीलाई असत्यबाट सत्यतर्फ लिएर जानुहोस, अध्यारोबाट ज्योतितर्फ लिएर जानुहोस, मृत्युबाट अमृततर्फ लिएर जानुहोस । अब हामीले यो सोच्नुपर्नेछ कि त्यो असत्य के हो जुन असत्यमा अल्झिएका व्यक्तिले प्रार्थना गरे । हे प्रभु ! हे जगदीश्वर !! मलाई असत्यबाट सत्यतर्फ लिएर जानुहोस । हामी त्यस असत्यको वास्तविकतालाई बुझ्न सकिरहेका छैनौ र उल्टै त्यसै असत्यलाई आज सत्य मान्न थालेका छौ। यही हाम्रो सम्पूर्ण मानवताको दुर्भाग्य हो । जस्तो एक व्यक्ति पीतललाई सुन मान्छ वा सुनलाई पीतल सम्झन्छ। तर दुवै अवस्थाहरुमा नै उ गलत हुन्छ र मुर्ख कहलिनेछ । यसै प्रकार सत्यलाई असत्य सम्झिनु र असत्यलाई सत्य मान्नु, यो सबैभन्दा ठूलो मुर्खता हो । तर आजकल त जुन सत्यलाई असत्य मान्छन् र असत्य तथा मिथ्यालाई सत्य मान्छन् उनै विद्वान कहलिन्छन् ।

चन्दामामा
जसै यो बीसौ शताब्दीमा, पंक्षीहरुलाई उड्दै गरेको देखर मानवको मनमा पनि उड्ने इच्छा भयो र वायुयानको निर्माण गरेर उ आकाशमा उड्न थाल्यो। टाढाबाट चन्द्रमालाई देखेर जिज्ञासा भयो कि त्यहाँ के छ ? सोचे कि शायद त्यहाँ हीरा, सुन, प्लेटिनम छ। यदि यो चीजहरु उपलब्ध भए हामी धनी हुनेछौ । यस आकांक्षाले करोडौं, अरबौं रुपैया खर्च गरेर व्यक्ति एस्ट्रोनटलाई चन्द्रमामा पठायो । कति मानिसहरुको यो मान्यता थियो कि चन्द्रमामा एक बुढी धागो कातेर बसेकी छन् , कसैले भन्थ्यो चन्द्रमामा गाई बसेको छ, कसैको चन्द्रमामा  एक देव (चन्दामामा) बसेका छन् भन्ने धारणा थियो , केही चीनका मानिसहरुको यो मान्थे कि त्यहाँ माछा मार्ने एक बूढा बसेका छन् ।  तर जब चन्द्रयात्री त्यहाँ पुगे, यी सबै पौराणिक कथाको अन्त्य भयो, यी सबै कल्पनाहरूको अन्त्य भयो न त्यहाँ धागो कात्ने बुढी छन्, न चन्द्रमामा कसैको मामा लाग्छस त्यहाँ केवल एक मरुस्थल छ, निर्जन स्थान हो। यस प्रकार, व्यर्थको कुरालाई मानेर हामी अन्धविश्वासमा डुबी रहेका छौ ।

दुई गुणा गर्दिने साधु
आज हाम्रो समाजमा अन्धविश्वास बढ्दै गएको छ यसको दोषी पशु होइन मानव नै हो। एक सोनार थिए, जो सन्त(महात्माहरुको कडा विरोध गर्थे। उनले आफ्नो कथा भन्छन् मेरो जीवनमा एक साधु आए, मलाई भने -छोरा। म सय रुपैयालाई दुई सय रुपैयाँ बनाउछु, अर्थात दुई गुणा बनाउछु। मैले त्यस साधुलाई दस रुपैयाको नोट दिए, उसले केहि गरेर दसलाई बीस बनाएस उसलाई फेरी एक सयको नोट दिए तब दुई सयको बनाएर दिए । सोनारले भने मलाई लाग्यो यो साधु त चमत्कारी हुन्। साधुले भने छोरा, त केहि अन्य कुनै कुरा दुई गुणा बनाउन चाहन्छस भने बनाइ हाल, फेरी म त बद्रीनाथ जादैछु। ती सोनार, आफ्नो श्रीमतीको सम्पूर्ण गहना, जवाहरात जब बटुलेर लिएर आए र भने महाराज, यसलाई दुई गुणा बनाइदिनुहोस तब साधुले भने ठिक छ भाई १ एक कोठामा मलाई बसाइ दे र ढोका बन्द गरिदे।  हामी त्यहाँ तपस्या गरेर यसलाई दुई गुणा बनाउनेछु। साधुलाई गहनासहित कोठामा बसाए, बिहानै कोठा खोल्दा साधु गायब थिए, सम्पूर्ण गहना लिएर हिडे झ्यालबाट, रातमै भागे र यस कारण ती व्यक्ति साधु(महात्माहरुको निकै विरोध गर्थे ।

पानीबाट चल्ने कार
एक साधु महाराज थिए, एक कार भित्र बसे र कार हिड्यो, उनिसँग एक सेठ र अन्य केहि व्यक्ति बसेका थिए । जब ड्राइभर कार लिएर अघि बढे, कार चल्न सुरु गर्यो तब साधुले ड्राइभरसँग सोधे के तिम्रो कारमा पेट्रोल छरु उनले भने ( छ महाराज , तपाईलाई तपाईको स्थानसम्‍म पुर्‍याइ दिन्छु । जब कार अघि बड्यो तब आधि बाटोमा रोकियो । साधु महाराज भन्छन् - के भयो ? ड्राइभर भन्छन् (महाराज, पेट्रोल सकियो । साधु महाराज भन्न थाले हेर, कस्तो दुष्ट ड्राइभर हो , हामीले यसभन्दा पहिलेनै सोधेका थियौ कि पेट्रोल भर तर यसले  भरेन । खैर अब
बीच बाटोमा कुनै पेट्रोलपम्प थिएन, पेट्रोल कहाँबाट आउथ्यो । साधु महाराज भन्छन् (अरे ड्राइभर १ यहाँ कहि पेट्रोलको स्टेशन छरु ड्राइभर भन्छन्  - महाराज, यहाँ कहाँ हुनु , तपाई पर्खनुहोस, म कुनै ट्रक रोक्छु त्यसमा बसेर शहर जान्छु र एक ड्रम पेट्रोल दिएर आउछु । एक दुई घण्टा तपाईहरुले पर्खनुपर्ने हुन्छ । साधु महाराज भन्न थाले म आफ्नो दुई घण्टा समय बरबाद गर्न सक्दिनस जाउ आफ्नो टिन उठाउ र कुनै कुवाबाट पानी भरेर ल्याउस आज कार पानीबाट चल्नेछ । साधुको कुरा सुनेर सेठलाई ठुलो आश्चर्य लाग्यो कि कार पानीबाट कसरी चल्छ । खैर, ति ड्राइभर टिनको भाडो लिएर कुवामा जान्छन्, त्यसमा पानी भरेर ल्याउछन् र कारमा हाल्छन् । त्यसपछि जब कारलाई स्टार्ट गर्न थाले तब कार चल्यो ।

अब, सेठ जीमाथि यो कुराले ठुलो असर पर्‍यो उनले सोचे हेर कति पहुच भएको साधु महाराज हुन् जो यीनीले भन्नाले मात्र पानीबाट कार चल्न थाल्यो । त्यस दिनबाट ती सेठ ती  साधु महाराजका ठूलो भक्त बने, उनको खूब सेवा गर्न थाले, यो सोचेर कि यदि साधु महाराज ममाथि  प्रसन्न भए शायद माटोलाई सुन बनाइदिनेछन्।

त्यस कारमा जुन एक व्यक्ति बसेका थिए, उसले सोचे भाई, यो त निकै आश्चर्य होस यदि यस्तो साधु महाराज दुई चार जना मिले त हाम्रो देशको सबै तेलको समस्या हल हुनेछ । जुन आज १०० - ११२ रुपैया लीटर पेट्रोल किनिरहेका छन् , फेरी २० रुपैया प्रति लीटर किन्नेछन् , सम्पूर्ण कोशी, गंगालाई पेट्रोल बनाउनेछन्, हिन्द महासागरलाई पेट्रोल बनाउनेछन् । संयोगवश ती व्यक्ति एक दिन बजार जादै थिए तब उसले अगाडिबाट तीनै ड्राइभर आइरहेको देखे । उनि ड्राइभर भएको ठाँउमा गए र सोधे (ड्राइभर साहब, ती साधु महाराज त निकै चमत्कारी थिएस उनले पानीलाई पेट्रोल बनाइदिए, कस्तो करिश्मा थियो त्यो १ ड्राइभर भन्छन् भाई, त्यो कुनै करिश्मा(वरिश्मा थिएन स त्यस टिनको डब्बामा पहिलेबाटै पेट्रोल थियो। साधु महाराजले मलाई केहि ज्यादा पैसा दिन्छन् यस कामको लागि जसकारण म उनले भने अनुसार गर्छु।

 त्यस टिनमा पहिलेबाट नै पेट्रोल थियो, उनले भने र मैले कारमा हाले । कारकुनै पानीबाट थोडि चल्छ , त्यो  एक दिखावाटी थियो । वास्तवमा यस प्रकारका पाखंड को चमक-दमक केहि समय को लागि हुन्छ र व्यक्ति त्यसमा रीझ छ , तर यस्तो अन्धी भक्तिबाट कुनै लाभ हुदैन ।

उदाहरणको लागि, यदि कुनै व्यक्तिले भनोस कि तपाईको शहरमा यस्तो सर्प निस्किएको छ जसको मुख मानिसको छ, पुच्छर सर्पको छ तथा उ साक्षात् भगवान विष्णुको अवतार हो तब यो सुनेर हजारौ मानिसहरु त्यहाँ पुग्नेछन्। दर्शन गरेर कोहि यो सोच्नेछैनन् कि यस्तो कसरी हुन सक्छ र फेरी मानवलाई सम्झाउनको लागि, मानवलाई मार्गदर्शन गर्नको लागि यदि भगवान आउनु भए पनि मनुष्य रूपमा नै आउनुहुनेछ, पशु(प्राणीको रूपमा किन आउनुहुनेछ रु तर वास्तविक असत्यले सत्यरूपी कपडा धारण गरेको छ, हामी सबै यही सोच्छौ कि जे हामी सुनिरहेका छौ, यो सत्य हो , ठीक हो।

यस विपरीत यदि कसैले हामीलाई शास्त्रहरुको गूढ रहस्यहरुलाई सम्झाए र यो भने कि, यस जीवनमा परमपिता परमात्माको साक्षात्कार गर्न सकिन्छ, त्यसको अनुभव हुनसक्छ तब मानिसले भन्नेछन् यो त असम्भव हो, यो बिल्कुल झूठ कुरा हो, यस्तो कसरी हुन सक्छ, कसले गरेको छ आजसम्मरु

हामी यो विचार गर्दैनौ कि यदि कसैले भगवानको अनभव नगरेको भए पहिले पहिले भगवान छन् भन्ने कसरी बने र दोस्रो हाम्रा ऋषि(मुनिहरुले बिना अनुभूति कसरी लेखे हाम्रो धर्मशास्त्रहरुमा कि परमात्माको अनुभव गर्न सकिन्छ रु अनुभव गरेर नै उनिहरुले भने होलान। तर हामी सन्तहरुको सत्य कुरालाई मान्न तयार छैनौ र असत्यलाई तुरुन्त मान्छौ । जसकारण  हाम्रो समाजमा अन्धविश्वाश बोलबाला भएको छ ।



बुधबार १५, असोज २०७६ १०:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.