महराको विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

Yugnepal     692 पटक पढिएको    

महराको विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

जबर्जस्ती करणीको आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराका साथै पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफलका लागि बैठक बस्न लागेको स्रोतले जनाएको छ । बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ ।

संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा ९नाम परिवर्तन०ले सभामुख महरालाई तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्।

सभामुख महराको विभिन्न पार्टी, सांसद तथा आमनागरिकले राजीनामाको माग गरिरहेका छन् ।



मङ्गलबार १४, असोज २०७६ ११:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.