साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

Yugnepal     774 पटक पढिएको    

साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

काठमाडौं ।  प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरासँग साझा पार्टीले राजीनामाको माग गरेको छ । हालै सभामुख महराबाट भएको बलात्कारको आरोपप्रति साझा पार्टीले गंभीर ध्यानाकर्षण जनाउदै राजीनामाको माग गरेको हो ।

सभामुख महराको राजीनामाले उनीमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्न र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउने छ। साझा पार्टीले विज्ञप्ति जारी गर्दै भनेको छ, ुहालसम्म प्राप्त सूचना र आरोपको गम्भिरतालाई हेर्दा सभामूख महरालाई तुरून्त राजीनामा दिन साझा पार्टी जोडदार माग गरेको छ ।  साथै, यस्तो अवस्थामा दिइएको राजीनामाले प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्न मद्दत गर्नेछ। साझा पार्टी छानविन पश्चात दोषीलाई प्रचलित कानून बमोजिम सजाँयको माग गर्दछ।ु

ुदेशभरी बढ्दै गरेको महिल हिंसा र बलात्कारका घटनाहरूमा सरकार अझ कडाईका साथ पेश हुनु पर्नेमा सभामूखजस्तो गरिमामय पदमा आसीन व्यक्तिमाथि नै यस्तो आरोप लाग्नुले आम नागरिकमा कस्तो सन्देश जालारुु पार्टीको प्रश्न छ ।

प्रवक्ता डा। सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ,  एकातिर, अहिले राज्यव्यवस्थाप्रति नागरिकको अविश्वास, आक्रोस र असंतुष्टि चरम सिमामा पुगेको छ। दुई तिहाइ बहुमतसहितको स्थिर सरकारले मुलुक र नागरिकका आधारभूत समस्याहरु समाधान गर्नेछ भन्ने नागरिकको अपेक्षा घोर निरासा र अविश्वासमा रुपान्तरण भएको छ। आम नागरिकले अपेक्षा गरेको मुलुकको विकास र संवृद्धिको चाहानामा तुषारापात भएको छ। सरकारले सुरक्षाको प्रत्याभूती दिनुभन्दा सरकार समर्थित कार्यकर्ताहरु कानून हातमा लिदैं थप सुरक्षा चूनौती थपिरहेका छन्। अर्कोतिर, अत्यन्त मर्यादित पदमा आसिन व्यक्ति यसरी गंभिर आरोपमा मुछिएर विवादित हुनु भनेको लोकतान्त्रिक व्यवस्था, वर्तमान सरकार र राज्यव्यवस्थाका मर्यादित संस्थाहरु समेत विवादित हुनु हो। यसले संबन्धित व्यक्तिको निष्ठा, कर्तव्य र आचरणमा दिर्घकालीन प्रभाव त पार्छ नै। सँगसँगै व्यक्तिसँग जोडिएका संबन्धित लोकतान्त्रिक संस्थाहरुको विश्वसनीयता र मर्यादामाथि समेत गंभीर आशंका र अविश्वास जन्माउँछ। नागरिकको आक्रोसलाई बढाउँछ।ु



मङ्गलबार १४, असोज २०७६ ११:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.