ज्ञानेन्द्र शाही कुटपिट विचार नमिल्दैमा बोल्न नदिने ?

Yugnepal     704 पटक पढिएको    

ज्ञानेन्द्र शाही कुटपिट विचार नमिल्दैमा बोल्न नदिने ?

जनकपुरधाम । नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पुर्व मन्त्री बालकृष्ण खाँणले चितवनमा नेकपा कार्यकर्ताले ज्ञानेन्द्र शाहीलाई गरेको कुटपिट घटनाप्रति आपत्ति जनाएका छन् ।

शनिबार  चितवनको भरतपुरमा कार्यक्रम गर्न खोजेका शाहीलाई कार्यक्रम गर्न नदिएर शाहीमाथि नेकपा कार्यकर्ताले निर्मम आक्रमण गरेका थिए।  खाँणलेले भने,ु ज्ञानेन्द्र शाहीको विचारसँग हामी सहमत हुन सक्दैनौं भन्दैमा, विचार नमिल्दैमा बोल्न नदिनेरु कार्यक्रम पनि गर्न नदिनेरु जिल्ला प्रवेश गर्दा कुटपिट गर्न लगाउनेरु’

खाँणले आफ्नो विचार पनि व्यक्त गर्न नदिने ओली सरकारको शैली ज्ञानेन्द्र शाहको शासन कालको  जस्तो भएको बताए। भ्रष्टाचार विरोधी कार्यक्रम गर्न खोजेका भ्रष्टाचार विरोधी अभियन्ता शाहीलाई शनिबार दिउँसो नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडीभित्रै आक्रमण गरेका थिए। आक्रमणबाट शाहीको शरीरमा चोटपटक लागेको थियो ।

भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागी हुन पुगेका शाहीलाई नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका थिए । त्यसक्रममा केही समय तनावसमेत भएको थियो ।  

खाँणले तनहुँमा नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालमाथि भएको आक्रमणको प्रयास घटनाले ओली नेतृत्वको कम्युनिष्ट सरकार निरंकुश बन्दै गएको स्पष्ट भएको बताए।

तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि पुगेका नेता डा मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताले आइतबार बाटैमा रोकेका थिए।  बाटो अवरोध गर्न आएका नेकपाका कार्यकर्ताले हातमा चिरपट, बियरको बोतल बोकेका थिए । उनिहरुले डा रिजाललाई आक्रमण गर्न खोज्दै फिर्ता पठाएका थिए।

सोमबार नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरधाममा  आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेका खाँणले संविधान सर्वस्वीकार्य हुन संशोधन जरुरी रहेका बताए । ‘मधेशी, आदिवासी जनजाती, महिला, दलित, हरेक वर्ग, र क्षेत्रलाई सर्वस्वीकार्य हुन संशोधन आवाश्यक छ ।

तर सरकारले संसदीय व्यवस्थालाई बाईपास गरी कार्यकारी प्रणालीलाई कार्यान्वयन गरेर दुई तिहाईको सरकार अघि बढ्न चाहेका छन । खाणले भने सरकारलाई निरंकुश हुनबाट बचाउन, संसदीय व्यवस्था र लोकतन्त्रलाई टिकाउन कांग्रेस अडिग रहेको तर्क राखे ।

कार्यक्रम  नेपाल प्रेस यूनियन धनुषाका केन्द्रीय पार्सद राम भारत साहको अध्यक्षता तथा नेपाली कांग्रेस  प्रमुख सचेतक बाल कृष्ण खाँणको प्रमुख आतिथ्य र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री महेन्द्र यादवको बिशेष आतिथ्य तथा पूर्व सांसद रामहरि खतिवडा, प्रदेश नम्बर दुई नेपाली कांग्रेस का  संसदीय दलका नेता राम सरोज  यादव, कांग्रेस  धनुषाका उपसभापति संतोष यादव,क्षेत्रीय सभापति कन्हैया कर्ण,नगर सभापति मनोज कुमार साह,क्षिरेश्वरनाथ नगरपालिका का  उपमेयर रचना  माथेमा, दलित संघका नेता राम वरण पासवान, महाधिवेशन प्रतिनिधि प्रफुल्ल कुमार घिमिरेम, राम पल्टन साह,जनकपुर अञ्चल अस्पताल बिकास समितिका पूर्व अध्यक्ष कुँवरकान्त झा लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।



सोमबार १३, असोज २०७६ ०१:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.