यसरी बस्यो देवी दूर्गाको दोस्रो रुप ‘ब्रह्मचारिणी’ नाम

Yugnepal     1052 पटक पढिएको    

यसरी बस्यो देवी दूर्गाको दोस्रो रुप ‘ब्रह्मचारिणी’ नाम

काठमाडौं। शैलपुत्रीले भगवान शंकरलाई पतिका रूपमा प्राप्त गर्नको लागि घोर तपस्या गरिन्। यस कठिन तपस्याका कारण देवीको नाम तपश्चारिणी अर्थात्‌ ब्रह्मचारिणीबाट चर्चित हुन थाल्यो। माता दुर्गाको नवशक्तिको दोस्रो रुप हो ब्रह्मचारिणी। यहाँ ब्रह्मको अर्थ तपस्या हो।

माता दुर्गाको यो स्वरुप भक्त तथा साधकहहरुलाई अनन्त फल दिनेवाला स्वरुप हो। उनको उपासनाले तप, त्याग, वैराग्य, सदाचार तथा संयमको बृद्धि हुने गरेको छ। ब्रह्मको अर्थ तप र चारिणीको अर्थ आचरण गरेर यी देवीको नामबाट नै अर्थ स्पष्ट हुने गरेको छ। देवीको यो रुप पूर्ण ज्योतिर्मय तथा अत्यन्त भव्य रहेको छ। यस देवीको दायाँ हातमा जपको माला तथा बायाँ हातमा कमण्डलु धारण गरिएको छ।

पूर्वजन्ममा यस देवीले हिमालयको घरमा छोरीको रुपमा जन्म लिएका थिए। त्यहीँ रहँदा नारदको उपदेशलाई शिरोपर गर्दै भगवान शंकरलाई पति रुपमा प्राप्त गर्नको लागि घोर तपस्याको सुरुवात गरेकी थिइन्। यस कठिन तपस्याको कारण उनलाई तपश्चारिणी अर्थात्‌ ब्रह्मचारिणी नामद्वारा चिन्न थालिएको हो। एक हजार वर्षसम्म यिनले केवल फलफूल खाएर बिताएकी थिइन्। उनी सय वर्षसम्म मात्रै जमिनमा बसेर तपस्या गरेकी थिइन्। 

केयौं दिनसम्म कठिन उपवास गरेर, खुल्ला आकासमाथि बास बसेर बर्ष, जाडो र गर्मीको कष्ट सहेर तीन हजार वर्षसम्म भगवान शंकरको आराधना गरिरहिन्। त्यतिबेलासम्म त सुख्खा पात खाएर बाँचेकी उनले त्यसपछि त सुख्खा पात पनि खान छोडिदिइन। त्यसपछि उनी हजारौं वर्षसम्म निर्जल तथा निराहार रहेर तपस्या गर्न थालिन्। पात पनि खान छाडेकाले यिनको नाम अर्पणा रहन गयो। 

कठिन तपस्याका कारण देवीको शरीर एकदम क्षीण हुन पुग्यो। देवता, ऋषि, सिद्धगण, मुनि सबैले ब्रह्मचारिणीको तपस्याका अभूतपूर्व पुण्य भएको बताए। देवताहरुले उनको प्रशंसा गर्दै भने –हे देवी १ आजसम्म कसैले पनि यस्तो प्रकारको कठोर तपस्या गरेका थिएनन्। यो तिमीबाट मात्रै सम्भव थियो। तिम्रो मनोकामना पूर्ण हुनेछ। अर्थात् भगवान शिव तिम्रो पति रुपमा तिम्ले प्राप्त गर्नेछ्यौ। अब तपस्या छोडेर घर जाउ। 

यसरी तपस्याबाट आफ्नो सिद्धिप्राप्ति गरेकोले यिनको नाम पनि ब्रह्मचारिणी रहन गएको हो। दुर्गा पूजाको दोस्रो दिन यिनै देवीको पूजा गरिन्छ। यो कथाको सार पनि यही हो कि जीवनको कठिन समयमा पनि जीवनमा हार खानु हुँदैन भन्ने। यिनै सन्देश दिने देवीलाई ‘दधाना करपद्माभ्यामक्षमालाकमण्डलू। देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा॥’ मन्त्रले पुकारिन्छ। हाम्रा कुरा बाट साभार ।



सोमबार १३, असोज २०७६ ११:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.