कुलेखानी तेस्रो र बाग्मतीबाट विद्युत् उत्पादन हुँदै, ३६ मेगावाट थपिने

अर्थ समाचार

Yugnepal     900 पटक पढिएको    

कुलेखानी तेस्रो र बाग्मतीबाट विद्युत् उत्पादन हुँदै, ३६ मेगावाट थपिने

कुलेखानी तेस्रो र बाग्मतीबाट विद्युत् उत्पादन हुँदै, ३६ मेगावाट थपिने

हेटौंडा । मकवानपुरमा निर्माण भएका दुई जलविद्युत् आयोजनाले उत्पादन सुरु गर्ने भएका छन् । कुलेखानी तेस्रो जलविद्युत् आयोजना र बाग्मती खोला साना जलविद्युत् आयोजनाले उत्पादन सुरु गर्न लागेका हुन् । दुवै आयोजनाले उत्पादन सुरु गरेपछि ३६ मेगावाट
विद्युत् थपिनेछ ।

नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण गरिएको कुलेखानी तेस्रोले केही दिनमै परीक्षण उत्पादन थाल्ने जनाएको छ । तोकिएको समयावधि भन्दा झन्डै सातवर्ष पछि कुलेखानी तेस्रो निर्माण सम्पन्न भएको हो । मकवानपुरको भीमफेदी गाउँपालिकाको सानुटारमा निर्माण गरिएको कुलेखानी तेस्रोको १४ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेकोे छ ।

आयोजनाले सन् २०११ मै उत्पादन थाल्नुपर्ने भए पनि विभिन्न कारणले गर्दा अहिले निर्माण पूरा गरेर पूर्वाधारको अवस्थाबारे चेकजाँच भइरहेको आयोजनाका प्रमुख सुवासकुमार मिश्रले बताए । पूर्वाधारको चेकजाँचपछि परीक्षण उत्पादन थालिने उनले जानकारी दिए । परीक्षण उत्पानमा सफल भएपछि व्यावसायिक उत्पादन सुरु हुने मिश्रले बताए ।

आयोजना निर्माणको सुरुवाती चरणमा चिनियाँ कम्पनी चे जियाङ जिल्लुनको बेवास्तासँगै स्थानीय बासिन्दाले पटकपटक आन्दोलन गर्दा आयोजनाको काममा अवरोध पुगेको थियो ।

आयोजनाको सुरुको लागत अढाइ अर्ब रुपैयाँ अनुमान गरिए पनि काममा भएको ढिलाइले लागत बढेको जनाइएको छ । निर्माण अवधि लम्बिँदा झन्डै ५ रुपैयाँभन्दा बढी खर्च हुने अनुमान आयोजनाले गरेको छ । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चे जियाङ जिल्लुनले काममा ढिलाइ गर्दा लागत बढ्न गएको आयोजनाले जनाएको छ ।

आयोजना निर्माणको सुरुवाती चरणमा चिनियाँ कम्पनी चे जियाङ जिल्लुनको बेवास्तासँगै स्थानीय बासिन्दाले पटकपटक आन्दोलन गर्दा आयोजनाको काममा अवरोध पुगेको थियो ।

ऊर्जा मन्त्री वर्षमान पुन र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदार कम्पनीलाई दबाब दिएपछि पछिल्लो समय आयोजनाको कामले गति लिएको थियो । कुलेखानी जलाशयमा रहेको पानीबाट ६० मेगावाटको कुलेखानी प्रथम र ३२ मेगावाटको दोस्रो सञ्चालनमा रहेको छ ।

पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा विद्युत् उत्पादन भइरहेको छ । अब दोस्रोबाट निस्केको पानी तेस्रोमा पु‍(याएर विद्युत् उत्पादन गर्न लागिएको हो ।यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा निर्माण भएको बाग्मती साना जलविद्युत् आयोजनाले पनि उत्पादन थाल्ने जनाएको छ ।

निर्माणको काम सकेर तयारी अवस्थामा रहेको आयोजनाले ३ चैत २०७५ बाट परीक्षण उत्पादन थाल्ने भएको छ ।
अहिले आयोजनाको प्राविधिक परीक्षणको काम भइरहेको जनाइएको छ । ४ अर्ब रुपैयाँ लागतमा निर्माण भएको आयोजनाले परीक्षण उत्पादन भएको १५ दिनमा व्यावसायिक उत्पादन थाल्ने आयोजनाका इन्जिनियर शिशिर देवकोटाले जानकारी दिए ।

निजी क्षेत्रको मान्डु हाइड्रोपावर कम्पनी र चिनियाँ कम्पनीको संयुक्त लगानीमा निर्माण भएको आयोजनामा विद्युत् उत्पादनका लागि चाहिने प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी पठाउने गरी ३ दशमलव ७ मिटर चौंडा र ३ दशमलव ८ डायोमिटर रहेको २ हजार ४४१ मिटर लामो हेडरेस्ट टनेल बनाइएको छ ।

हाइड्रोले मकवानपुरको सिस्नेरी दोभानमा संकलन गरेको पानी टनेलमार्फत इपापञ्चकन्याको बेसीबगरमा पु‍(याउँदै विद्युत् उत्पादन गर्नेछ । २०७२ जेठबाट निर्माण थालेको हाइड्रोले प्राधिकरणको ६६ केभी प्रसारण लाइनमा उत्पादन जोड्नका लागि ४४ वटा टावर निर्माणको गरेको छ । उत्पादन गरिएको विद्युत् प्रसारण लाइनमा जोड्का लागि सबै तयारी भइसकेको जनाइएको छ ।

प्राधिकरणको प्रसारण लाइनमा उत्पादन स्थलबाट १४ किलोमिटर टाढा रहेको छ । ‘रन अफ रिभर’ प्रणालीको आयोजनामा ५५ मिटर लामो ड्याम निर्माण गरिएको छ । बाग्मतीको पानी सिस्नेरी दोभानमा ड्याम बनाई कुलेखानी, बाग्मती र कोगटेको पानी छेकेर सुरुङमार्फत इपाको बगरबेसीमा विद्युत् उत्पादन गरिँदै छ ।

हाइड्रोमा चाइनाको से च्वाङ हे च्वाङ, नेपालको हिमालयन इन्फ्रास्ट्रक्चर फन्डले लगानी गरेको छ भने मकवानपुरको माण्डु हाइड्रोपावर कम्पनीले प्रवद्र्धकको काम गरिरहेको छ । हाइड्रोको इलेक्ट्रो मेकानिकलको काम चाइनिज कम्पनी सीडब्लुटीडब्लुले गरेको हो । कम्पनीमा नेपालीको ५१ र चिनियाँको ४९ प्रतिशत सेयर रहेको छ । मान्डु हाइड्रोपावरले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसामा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्ने सम्झौता भएको जनाएको छ ।



आइतबार २६, फागुन २०७५ ११:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.