पूर्व प्रधानन्यायाधिश शुसिला कार्कीको दशैं सपिङ, शिखरको मखमली जुत्ता

Yugnepal     1038 पटक पढिएको    

पूर्व प्रधानन्यायाधिश शुसिला कार्कीको दशैं सपिङ, शिखरको मखमली जुत्ता

काठमाडौं। भृकुटीमण्डपको ठूलो चौरमा रहेको जुत्ता चप्पल मेला अहिले देशका प्रतिष्ठित व्यक्तिहरूको पनि सपिङ स्पट भएको छ।

दशैं नजिकिदै गर्दा घरायसी अन्य बस्तुहरुसँगै जुत्ता चप्पल किन्न भृकुटीमण्डपको चौरमा नेपालका प्रतिष्ठित चार कम्पनीहरुले गरेको मेलामा प्रतिष्ठितहरुसँगै बाक्लै गरि सर्वसाधारण उपभोक्ता पुुुगिरहेका छ्न्। केहि दिन अघि पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सपिङ गरेको जुत्ता चप्पल मेलामा बिहिवार पूर्व प्रधानन्यायाधिश शुसिला कार्की पनि पुगिन।

आफ्नो हक्की स्वभावले परिचित कार्की जुत्ता चप्पल भने नरम खोज्दै थिइन। विस्तारै चिसो बढ्दै जाने समयलाई ध्यान दिदै कार्कीले मखमलको जुत्ता छानिन। जाडोमा तातो हुने र हिड्नलाई पनि सजिलो हुने जुत्ता कार्कीको रोजाइ थियो।

कार्की आफ्नो स्टलमा आएर जुत्ता छान्न लागेको देखेर शिखर शुजकी निर्देशक संगिता कँडरिया प्रसाईले उनलाई सहयोग गरिन। जुत्ता खरिद गरेपछि नेपाली उत्पादनको प्रशंसा पनि गरिन । 

मेला अवधीमा प्रतिष्ठित व्यक्तिहरू दशै सपिङमा आइरहेको वीएफ डीयरहीलका होमनाथ उपाध्यायले जानकारी दिए ।

मेला फुलपातीको दिनसम्म जारी रहने शिखर शुजकी निर्देशक प्रसाईले जानकारी दिइन।

भृकुटीमण्डपमा शनिवार शेरबहादुरको सपिङ्ग, कपडादेखि जुत्तासम्म



शुक्रबार १०, असोज २०७६ ०१:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal