डीआइजीको दरबन्दीमा एआइजी

Yugnepal     667 पटक पढिएको    

डीआइजीको दरबन्दीमा एआइजी

काठमाडौं । नेपाल प्रहरीबाट राष्ट्रिय सुरक्षा परिषदमा डीआइजीको दरबन्दी छ । तर ४ महिनादेखि एआइजी धिरु बस्नेत राष्ट्रिय सुरक्षा परिषदमा काजमा कार्यरत छन् । बुधबार भएको एआइजीहरुको सरुवामा पनि उनलाई राष्ट्रिय सुरक्षा परिषदमै काजमा राखिएको छ । बुधबार भएको ३ एआइजीको सरुवामा मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखी उनलाई राष्ट्रिय सुरक्षा परिषदमा काज खटाइएको छ । 

डीआइजीको दरबन्दीमा एआइजी बस्नेतलाई काजमा राखिएको हो । राष्ट्रिय सुरक्षा परिषदमा डीआइजी समेत भरिसक्यै जान मान्दैनन् । कुनै काम नभएको र अतिरिक्त समूहमा राखेजस्तै हुने भएकाले डीआइजी पनि जान नमान्ने सुरक्षा परिषदमा एआइजी बस्नेतलाई २०७६ बैशाख १७ गतेदेखि काजमा राखिएको छ । तर कनिष्टको पदमा राख्दा पनि उनी चित्त बुझाएरै बसेका छन् ।   

प्रहरी प्रतिष्ठानलाई पनौती सार्ने मन्त्रिपरिषद निर्णय कार्यान्वयनमा चासो नदेखाएको, आर्थिक पारदर्शीता नअपनाएको लगायत आरोप बस्नेतमाथि लगाइएको छ । सरकारले करिब एक वर्षअघि प्रतिष्ठानलाई पनौती सार्ने निर्णय गरेको थियो । जुन निर्णयको बारेमा मिडियाबाजी गर्ने काम पनि बस्नेतले गरेको आरोप लाग्ने गरेको छ ।

प्रहरी शिक्षण प्रतिष्ठानमा रहँदा एआइजी बस्नेतले सन्तोषजनक रूपले काम नगरेका कारण उनलाई सरकारले सुरक्षा परिषदमा काज खटाएको थियो । बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिन गर्न बस्नेतको नेतृत्वमा गठित टोलीले आफ्नै संगठनको प्रतिष्ठामा आँच आउने प्रतिवेदन दिएकोमा पनि बस्नेत विवादमा आएका थिए । उनले पन्तको बलात्कारको दोष सबै प्रहरीमाथि लगाएर कन्चनपुरका प्रहरी प्रमुख दिल्लीराज बिष्टसहित आइजीपी सर्वेन्द्र खनालमाथि पनि कारबाही हुनुपर्ने उल्लेख गरेका थिए । 



शुक्रबार १०, असोज २०७६ ११:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.