मेगा बैंक र आइडिया नेपालबीच सम्झौता

Yugnepal     748 पटक पढिएको    

मेगा बैंक र आइडिया नेपालबीच सम्झौता

काठमाडौं। मेगा बैंक नेपाल र आइडिया स्टूडियो नेपालबीच नयाँ सोचका साथ व्यवसाय गर्न चाहने युवा तथा महिला उद्यमीहरुको प्रबर्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा बैंकका सिइओ अनुपमा खुञ्जेली र आइडिया स्टूडियोका अध्यक्ष छिरिङ लामाले हस्ताक्षर गरेका थिए। यस सम्झौताबाट व्यवसाय गरिरहेका तथा नयाँ सोचका साथ व्यवसाय गर्न इच्छुक युवा एवं महिला उद्यमीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको  छ।

सम्झौता अनुसार महिला उद्यमीहरुले व्यवसाय प्रबर्धन गर्न मेगा बैंकले सहुलियत कर्जामा बैंकिङ सुविधा पाउने भएका छन्।



बुधबार ०८, असोज २०७६ ११:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal