लालबाबु राउतलाई उपेन्द्र यादवसँग भिड्न गगन थापाको चुनौती

Yugnepal     843 पटक पढिएको    

लालबाबु राउतलाई उपेन्द्र यादवसँग भिड्न गगन थापाको चुनौती

जनकपुरधाम । पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् । जनकपुरधाममा मंगलवार आयोजित पत्रकार सम्मेलनमा नेता थापाले प्रदेश नम्बर दुईका  सरकारतर्फ इकीत गर्दै यस्तो बताएका हुन् ।

नेता थापाले उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भिड्न नसक्ने प्रदेश सरकारका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत सरकारमै बसेर बिरोध भाषामा अभिव्यक्ति दिनु निर्लज्जताको नग्न पराकाष्ठा भएको बताए  ।

अर्को प्रस्ङ्मामा थापाले अधिकारको नाममा लडिरहेको देखाउन जनतालाई भ्रममा नपार्न प्रदेश सरकारलाई आग्रह गर्दै आफ्ना अध्यक्षसँग लडेर, संघीय सरकारबाट हटेर देखाउन चुनौती दिए । अहिलेको संविधानमा केही कमिकमजोरी रहेपनि जनताको संविधान रहेको भन्दै संविधानको रक्षा गर्दै संशोधनका लागि कांग्रेस लागि पर्ने बताए ।

त्यस्तै  युवा नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दहाल ुप्रचण्डु समेतले  मुलुक र व्यवस्था खतरामा रहेको भन्नू  लोकतान्त्रिक व्यवस्थालाई खतरामा पार्न आतुर रहेको आरोप लगाए ।

कम्युनिष्ट सरकारले कम्बोडियाको हुन्सन मोडेललाई पछ्याउँदै संघीय लोकतान्त्रिक व्यवस्था अन्त्य गर्न खोजेको पनि थापाले आरोप लगाए ।



मङ्गलबार ०७, असोज २०७६ ०३:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.