सभापतिलाई गाली गरेर पार्टी बलियो हुन्नः शशांक कोइराला

Yugnepal     667 पटक पढिएको    

सभापतिलाई गाली गरेर पार्टी बलियो हुन्नः शशांक कोइराला

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई विरोध नगर्न नेता–कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । 

नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तिका ‘नेकपा सरकारका काण्डै काण्ड’ को बिमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले नेता–कार्यकर्ताहरुसँग सभापति देउवाको विरोध नगर्न आग्रह गरेका हुन् । 

“सभापतिलाई गाली गरेर होइन, उहाँलाई हाम्रो सहयोग हुनुपर्छ,” उनले भने, “मैले कतै पनि सभापतिका बारेमा कुनै टिका–टिप्पणी गरेको छैन्, गर्नु पनि हुँदैन ।” पार्टी सभापतिको विरोध गरेर पार्टी बलियो हुन नसक्ने उनको आशय थियो । 

त्यसअघि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सभापति देउवाविरुद्ध गाली गर्दै हिँड्ने नेताहरुका कारण पार्टीले ठूलो घाटा ब्यहोर्नु परेको अभिव्यक्ति दिएका थिए । “केन्द्रीय समिति बैठकमा बोल्दै नबोल्ने रु बाहिर गाली गर्दै हिँड्ने रु,” उनले आक्रोशित हुँदै भने, “यसले नेपाली कांग्रेसलाई ठूलो घाटा भएको छ । पार्टीमा अनुशासनको पालना हुनुपर्दछ ।

आफू बलियो हुने नाममा सभापतिलाई कमजोर बनाउने चलखेल पार्टी हित विपरित रहेको प्रमुख सचेतक खाँणको भनाइ थियो । गुट उपगुटका नाममा पार्टीलाई अनिर्णयको बन्दी बनाउन नपाइने जिकिर गर्दै उनले पार्टी असफल भए लोकतन्त्र पनि असफल हुने दाबी गरे । लोकतन्त्रको रक्षाका लागि पार्टीलाई एकढिक्का पारेर मजबुत बनाउनुपर्नेमा खाँणको जोड थियो । 



सोमबार ०६, असोज २०७६ ०३:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.