एनआईसी एशिया बैंकका ग्राहकले भाटभटेनीमा छुट पाउने

Yugnepal     816 पटक पढिएको    

एनआईसी एशिया बैंकका ग्राहकले भाटभटेनीमा छुट पाउने

काठमाडौं। एनआईसी एशिया बैंक र भाटभटेनी सुपरमार्केटबीच डेबिट एवं क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ।  कपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।बैंकमा खाता नभएकाले पनि भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एशिया बैंकको स्टल मार्फत् नयाँ खाता खोलेर तत्काल कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले हस्ताक्षर गरे। यो अफर असोज ८ गतेदेखि कात्तिक १६ गतेसम्म लागू हुने बैंकको बताएको छ।

बैंकले नेपालभर २ सय ९८ शाखा कार्यालय, ३ सय ५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।



सोमबार ०६, असोज २०७६ ११:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal