६३४ व्यक्ति विभूषित हुँदै, मदनमणि दीक्षित र रविन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप

Yugnepal     810 पटक पढिएको    

६३४ व्यक्ति विभूषित हुँदै, मदनमणि दीक्षित र रविन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिने घोषणा भएको छ ।

नेपाल सरकारको सिफारिसअनुसार महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र दिवङ्गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई दिइने भएको छ ।     
     
सुप्रबल जनसेवाश्री ९प्रथम० श्रेणीबाट प्रा डा दिव्यासिंह शाह, दिवङ्गत पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा पाँच विदेशी प्राध्यापकलाई विभूषित गरिनेछ । 

राष्ट्रपति कार्यालयका अनुसार उज्ज्वल कीर्तिम राष्ट्रदीप ९द्वितीय० बाट उच्चस्तरीय प्रशासन सुधार आयोग कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई विभूषित गरिने भएको छ ।     
     
यसैगरी विभिन्न पेशाकर्मी, व्यवसायी, कर्मचारी र सुरक्षाकर्मी गरी ६३४ व्यक्तिलाई विभूषित गरिने घोषणा गरिएको छ । 

मुलुकभर विभिन्न कार्यक्रमसहित हर्षोल्लासपूर्वक चौथो संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ ।     



शुक्रबार ०३, असोज २०७६ १०:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.