चौधरीको चंगुलमा फसेर सिमला पुगेका बालकको उद्धार गरि तुलसीपुर उपमहानगरलाई बुझाइयो

Yugnepal     874 पटक पढिएको    

चौधरीको चंगुलमा फसेर सिमला पुगेका बालकको उद्धार गरि तुलसीपुर उपमहानगरलाई बुझाइयो

तुलसीपुर । एक साता अघि भारतको सिमला स्थित पुर्जाली गाउँबाट उद्धार गरिएका दाङ तुलसीपुर १८ का बालक विशाल चौधरीलाई उनका आफन्त समक्ष मंगलबार हस्तान्तरण गरिएको छ ।

गत चैत २९ गते गाउँकै काजु चौधरीले नोकरी लगाई दिने भन्दै भारतको सिमला पुगाएर बेचिएका १४ वर्षिय बालक चौधरीलाई एक कार्यक्रमका बीच तुलसीपुर उपमहानर पालिका , ईलाका प्रशानसन कार्यालय , ईलाका प्रहरीकार्यालय , जनप्रतिनिधि , बाल अधिकार कर्मी र पत्रकारहरुको रहोवरमा आफन्तको जिम्मा लगाइएको हो ।

कञ्चनपुरका पत्रकार दीपेन्द्र बस्नेत , सामाजिक अभियन्ता प्रतीक बिष्ट अमर र जुद्ध चौधरीको टोलिले भदौ २२ गते उद्धार गरिएका बालक उनकी आमा माया चौधरीलाई हस्तान्तरण गरिएको हो ।

तुलसीपुर उपमहानगर पालिकाको समन्वयमा आयोजित कार्यक्रममा भारतबाट उद्धार गरिएका बालक चौधरीलाई अभिभावकका जिम्मा लगाइएको हो ।

बालक चौधरीको बुबा बहुदल चौधरीको मृत्यु भइ आमा माया  चौधरीले दोस्रो बिबाह गरे पश्चात् एक्लो बनेका विशाल अभिभावक र आर्थिक अभाव झेल्दै आउँदा बिरक्तिएका थिए । मानसिक रुपमै कमजोर बन्न पुगेका बालक स्थानीय काजु चौधरीको चंगुलमा फसेर भारतको सिमला पुगेका थिए ।

मंगलबार तुलसीपुर उपमहानर पालिकाको हलमा आयोजित बालक हस्तान्तरण कार्यक्रममा उनको भविश्यको बारे सहभागी सरोकारवालाहरुले गहन छलफल गरि आमा माया चौधरीको जिम्मा लगाइएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सुर्यबहादुर डाँगी , ईलाका प्रशासन कार्यालयका प्रमुख गंगाबहादुर क्षेत्री , उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द शारु , प्रहरी नायव उपरीक्षक हरिहर नाथ योगी , पत्रकार , जनप्रतिनिधि र बाल अधिकारकर्मीहरुको रहोबरमा बालकलाई तुलसीपुर उपमहानगर पालिकाका कार्यवाहक प्रमुख डाँगीलाई हस्तान्तरण गरिएको थियो ।



बुधबार ०१, असोज २०७६ १२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.