श्रीलंकासँगको खेल अघि पाकिस्तानी खेलाडीमाथि यस्तो निषेध

Yugnepal     1088 पटक पढिएको    

श्रीलंकासँगको खेल अघि पाकिस्तानी खेलाडीमाथि यस्तो निषेध

काठमाडौं । पाकिस्तान क्रिकेट टीमका प्रमुख प्रशिक्षक तथा मुख्य चयनकर्ता मिस्बाह उल हकले श्रीलंका बिरुद्धको शृंखला अघि २० सम्भावित खेलाडी छनौट गरिसकेका छन्। सबै खेलाडीहरू बुधवारदेखि राष्ट्रिय क्याम्पमा सामेल हुनेछन्। टिमका सबै खेलाडीहरूलाई मिस्बहले भने जस्तो खाना खान विशेष निर्देशनहरू दिइएको छ।

टोलीका प्रशिक्षक मिस्बाहले राष्ट्रिय क्याम्पमा भाग लिने सबै खेलाडीहरूको आहार र पोषण योजना परिवर्तन गरेका छन्। प्रशिक्षकले राष्ट्रिय कप र घरेलु सीजनमा सहभागी खेलाडीहरुले खाने पिउने कुरामा विशेष ध्यान दिनुपर्ने आदेश दिएका छन् ।

खेलाडीहरूलाई कुनै पनि हिसाबले खानमा अनावश्यक पोषण उपलब्ध हुनेछैन। यो निर्णय खेलाडीहरूको फिटनेस सुधार गर्न लिइएको हो। सबै खेलाडीहरूले राष्ट्रिय टिममा छानिनका लागि उत्तम फिटनेस प्राप्त गर्नुपर्नेछ ।

पाकिस्तानको घरेलु टूर्नामेन्ट काइद(ए(आजम ट्रफीमा खेलाडीहरूको लागि खानाको व्यवस्था गर्ने  कम्पनीका एक सदस्यले भने, ूअब टोलीका खेलाडीहरूका लागि बिरयानी वा त्यस्तै तेलयुक्त खाना जस्तो मासु हुनेछैन। यहँसम्म कि उनिहरुले मिठाई पनि खान पाउने छैनन् । ू

श्रीलंका बिरुद्धको शृंखलाका लागि प्रमुख कोच र चयनकर्ता मिस्बाहले अनुभवी बलर शोएब मलिक र मोहम्मद हाफिजलाई समावेश गरेका छैनन्। यी दुई सोमबार चयन गरिएको २० सम्भावित टीम सदस्यहरूमा परेनन् ।



बुधबार ०१, असोज २०७६ १२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal