विप्लव अतिवादी हुन्, सरकारले राजनीतिक समाधान गर्छ  प्रचण्ड

राजनिति

Yugnepal     971 पटक पढिएको    

विप्लव अतिवादी हुन्, सरकारले राजनीतिक समाधान गर्छ  प्रचण्ड

 

विराटनगर   नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले दुई अध्यक्षबीचमा मन्त्रीमण्डल हेरफेरमा कुनै कुरा नभएको बताएका छन् । विराटनगर विमानस्थलमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले सरकारमा कति राख्ने र कसरी अगाडि बढाउने भन्ने समीक्षा प्रधानमन्त्रीले गर्ने भएकोले दुई अध्यक्षबीच कुनै पनि छलफल नभएको बताएका हुन् ।

राजपाले सरकारलाई दिएको समर्थन छाड्ने बारेमा पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले अहिले राजपा तत्काल सरकारमा जाने र समर्थनबाट फिर्ता लिने बारेमा कुनै निर्णय नलिने स्पष्ट पारे । संघीय समाजवादी फोरमसँग भएको सम्झौता अनुसार आवश्यकताका आधारमा संविधान संशोधन गर्ने बारेमा छलफल भईरहेकोले संविधान संशोधन गर्ने बेलामा राजपा पनि सहमतिमा आउने बताए ।


पार्टी एकीकरण बारेमा दुई अध्यक्षबीच बसेर यसलाई चाँडै टुङ्ग्याउने भएको सहमति अनुसार २–३ दिन भित्रैमा टुङ्गिने प्रचण्डले बताए ।

पछिल्लो दुर्घटना र शोकका कारण धेरै कामहरु रोकिएको स्पष्ट पार्दै उनले झापाबाट फर्किए लगत्तै प्रदेशको बारेमा निर्णय गरिने बताए । ‘प्रदेशको प्रस्ताव तयार भईसकेको छ,ु अध्यक्ष प्रचण्डले भने, ुअबको २–३ दिन भित्र अगाडि बढ्छ।’

प्रचण्डले विप्लवलाई भने अतिवादी

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पछिल्लो बम बिस्फोट तथा हतियार भेटिनुलाई अतिवाद भएको बताएका छन् । त्यो बेलाको हतियार अहिले भेटिएको भन्ने प्रसंगमा प्रचण्डले जति हतियार क्यान्टोमेन्टमा थिए सबै ब्यवस्थापन गरेको र सेनाको समायोजनमा गएको स्पष्ट पारेका छन् ।

तर त्यही भित्रबाट केही चोरी भएको भन्ने जानकारी त्यो बेलामा नै सरकारलाई जानकारी गराएको पनि बताए । ‘त्यो बेला कसैले लुकाएर राखेको भए आफु जिम्मेवार हुनसक्ने अवस्था पनि हैन, त्यो सामान्य घटना हो, उनले भने, त्यसलाई समस्या हल नभएको भन्ने प्रचार गर्नु उचित हैन ।’

उनले पछिल्लो बम आक्रमण र हतियार भेटिएको विषयलाई राज्यले यस गम्भीर रुपमा लिनुपर्छ भनेर छलफल भईरहेको र सरकार पनि लागेकोले नियन्त्रण हुने स्पष्ट पारे । राजनीतिक सहमतिमा आउने हदसम्मको पनि सरकारले पहिला पनि गरेको र भविष्यमा पनि पनि गर्ने बताए । ‘देशमा यत्रो ठूलो संघर्ष र बलिदानबाट बनेको संबिधान, त्यस अनुसारको वामपन्थीको सरकार भएको बेलामा यसलाई ‘डिस्टेब्लाईज’ गर्ने प्रयास कसैले गर्छ भने त्यो अतिवाद बाहेक केहीपनि हुदैन, प्रचण्डले भने, अतिवादलाई नियन्त्रण गर्नको लागि सरकारले गम्भीर रुपले सोच्नु पर्छ र सोचेको छ ।’

उनले चुनौती दिँदै भने, ‘तपाईहरु हेर्दै जानुहोला, यो समस्यालाई राजनैतिक र सरकारको प्रशासनिक दुबैतिरबाट समाधान गरिन्छ ।’ अतिवादलाई नियन्त्रण गर्न सरकारले सोच्छ र सोचेको छ ।लोकान्तर 



सोमबार २०, फागुन २०७५ ०७:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.