प्रत्येक चीजलाई अस्तित्व प्रदान गर्ने तत्व के होला ?

Yugnepal     987 पटक पढिएको    

प्रत्येक चीजलाई अस्तित्व प्रदान गर्ने तत्व के होला ?

काठमाडौं। गीतामा भगवान श्रीकृष्ण सम्झाउनुहुन्छ, हे अर्जुन ! जसले मेरो स्मरण गर्दै प्राण त्याग्छ, उसले मलाई नै प्राप्त गर्छ अन्त मता सो गताु। स्कूलमा सालभर छात्रहरूलाई पढाईन्छ अनि परीक्षाको समय हामी त्यहि लेख्न सक्छौं जुन हामीलाई याद रहेको हुन्छ ।

उस्तै प्रभुको नाम(सुमिरणको पनि पूनरावृत्ति गर्न पर्छ अर्थात् बार(बार नामको स्मरण गरिरहनु पर्छ, ताकि अन्तिम समयमा शरीर छोड़दा प्रभुको याद आओस् अनि हामीलाई मुक्ति प्राप्ति  होस् । यसकारण जीवनमा आत्मज्ञानलाई प्राप्त गर्नुहोस अनि निरन्तर भजन(साधन गर्नुहोस्, जसद्धारा यो पूँजी हमेशा साथमा रहोस् । तपाईको पर्स चोरी हुन्छ, तर प्रभुको यो सच्चा नामको कमाई, या प्राणका खजाना चोरी हुन सक्दैन। यसैकारण सन्त ब्रह्मानन्दले भजनमा भनेका छन्(
 
निरंजन माला घट में फिरे दिन रात।। ।
ऊपर आवे नीचे जावे, स्वास(स्वास चल जात ।
संसारी नर समझे नाहिं, बिरथा उमर बिहात ।।।

संसारी मानिसहरूले यो प्राणको मालालाई जान्दैनन,  यहि कारण कबीरदासजीले भनेका छन्(

 माला मुझसे लड़ पड़ी तु क्यों फेरे मोय।
 मन की माला फेरते घट उजियारा होय ।।

हे मानव१ तिमीले मनको माला जप। पञ्च(पल्लव वृक्षको उल्लेख रामचरितमानसमा आउँछ। आश्रममा एक सेवकले आश्रमको खेतमा रुखहरू रोपिरहन्थे। आश्रममा एक विद्वान व्यक्ति आए, उनले उसलाई भने, भाइ१ तिमी त यहाँ आश्रममा मालीको  काम गरिरहेका छौ, तिम्रो गुरु महाराजले के दिन्छरु त्यो  सेवकले एउटै कुरा सोध्यो, कबीरदासजीले भनेका छन(

माला फेरत युग गया, गया न मन का फेर।
कर का मनका डार दे, मन का मनका फेर।।।

यो दोहाको अर्थ एकदमै सरल छ कि हातको माला जप्दा(जप्दा धेरै समय बितेर गयो, तर मनको चञ्चलता दूर भएन, यसर्थ अब हातको माला छोडेर मनको माला जप । त्यो मान्छेले भन्यो, भाइ१ तिमीले यो त एकदमै राम्रो कुरा बतायौ, तर यो बताऊ कि त्यो मनको माला के होरु के कुनै शब्दकोषमा मनको माला के हो लेखेको छरु तब सेवकले बतायो, यसको रहस्य त कृपा गरेर सद्गुरु महाराजले मात्र बताउनु हुन्छ कि मनको माला के हो ।

यसैले भनेको छ( मन की माला फेरत। तुरत मिला दूं तोय।ु जब तत्त्वज्ञानी गुरुबाट मनको मालालाई जानेर जप्नेछौ, तब प्रभुको दर्शन तत्काल हुनेछ। यो त्यो दरबार हो जहाँ एक जिज्ञासु व्यक्तिलाई उसैको हृदयभित्र प्रभुको रहस्यलाई सम्झाइन्छ अनि उसलाई काक वृत्तिबाट कोईली वृत्तिको बनाइन्छ, यहि कारण रामायणमा भनेको छ(

मज्जन फल पेखिअ तत्काला।
काक होहिं पिक कबऊ मराला।।
सुनि आचरज करै जनि कोई।
सतसंगति महिमा नहिं कोई।।

सत्संगको महिमा गाएर पार पाउन सकिंदैन । एक शास्त्रीजीलाई दरबारमा बोलाएर एक महात्माजीलाई भन्नुभयो, यिनलाई उपदेश देऊ। महात्माजीले त्यो विद्वान भाइलाई एकजना प्रेमीको घरमा उपदेश दिए । त्यसपछि त्यो विद्वान शास्त्रीले भने, शास्त्रहरूको जुन कुराहरू मैले पहिले सूनाउँथें त्यसको सही अर्थ नै मलाई थाहा रहेनछ। गुरु महाराजजीले त्यो ज्ञानको उपदेश दिनुभएपछि मात्र मलाई धर्म(शास्त्रहरुका सबै कुरा समझमा आयो। मलाई धर्म( शास्त्रहरूको ज्ञानको चाबी मिल्यो । यहि कारण हाम्रा सन्त( महापुरुषहरूले प्रभु साँचो नामलाई जान्ने कुरा सम्झाए, त्यो नाम यस्तो सार्वभौमिक समाधान हो जसले सारलाई सम्झाउँदछ।

पंखा चलिरहँदा त्यसबाट चिसो हावा आइरहेको हुन्छ। बिजुली बत्ती बलिरहेको छ, उज्यालो भइरहेको छ। तर सोच्नुहोस, पंखा चल्नु, बिजुलीको बल्ब बल्नु, माईकको स्पीकर बज्नुको पछाडि कुन शक्ति छरु तब थाहा लाग्ने छ कि सबैको पछाडि बिजुली छ, बिना बिजुली केहि चल्न सक्दैन । उस्तैप्रकार प्रत्येक चीजहरुलाई अस्तित्व प्रदान गर्ने एकै तत्व छ। यसैले भनेको छ(

कहा सुनी की है नहीं देखा देखी बात।
दुल्हा दुल्हन मिल गए फीकी पड़ी बरात ।।

यो अनुभवको कुरा हो । जब आत्मा(परमात्माको मिलन हुन्छ, तब यो संसार रूपी जन्ती फीक्का हुन जान्छ। यो आत्मा(परमात्माको योग हो। जब तपाईले त्यो  लाई ९आम वा सार्वजनिक शक्ति तथा दृश्य वा घटनालाई० जान्नुभयो भने यो सबै बुझ्न सक्नुहुनेछ । प्रभुको नाम कमन सोर्स ९आम, सार्वजनिक श्रोत० हो, त्यसैले यो ठूलो सौभाग्यको कुरा हो कि हामीलाई सत्संग र दर्शनको सुअवसर मिलिरहेको छ।

सन्त(महापुरुषले परिवर्तनको करा गर्दछन कि सबैभन्दा पहिले आफ्नो जीवनमा परिवर्तन ल्याऊ । युग परिवर्तनको लागि हामीले आकाशलाई, धरतीलाई, पहाड(पर्वतलाई, पानीलाई, रुखपातलाई बदल्नु छैन, अपितु युग परिवर्तनको लागि हामीले सबैभन्दा पहिले मानवको हृदयलाई परिवर्तन गर्नुपर्ने छ अनि जब मानवको हृदय परिवर्तन हुनेछ, तब युग परिवर्तन आफै हुनेछ ।

रावी की रवानी बदलेगी, सतलज का मोहाना बदलेगा।
गर शौक में तेरे जोश रहा तो सारा जमाना बदलेगा।।
बेजार न हो बेजार न हो, यह सारा फसाना बदलेगा।
कुछ तुम बदलो कुछ हम बदलें, तो ये जमाना बदलेगा।।



आइतबार २९, भदौ २०७६ ११:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.