दशैँका लागि असोज ५ गतेदेखि टिकट दिइदै

Yugnepal     572 पटक पढिएको    

दशैँका लागि असोज ५ गतेदेखि टिकट दिइदै

दशैँका लागि लक्षित गरेर आगामी असोज ५ गतेबाट सार्वजनिक यातायातमा अग्रिम टिकट खुलाइने भएको छ । यातायात व्यवस्था विभागमा आज यातायात व्यवसायी र ट्राफिक प्रहरीसमेत सहभागी बैठकले यात्रुले दशैँअगावै टिकट काट्ने व्यवस्था मिलाइने निर्णय गरेको हो । यात्रुको सहजताका लागि १४ स्थानमा यात्रु सहायता कक्षको समेत व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
 
महासङ्घका महासचिव सरोज सिटौलाले व्यवसायीले दशैँ अगाडि नै विभिन्न स्थानमा सडकको मर्मत गर्नुपर्ने माग राखेको बताए। राष्ट्रिय राजमार्गसहित स्थानीय सडकमा वर्षाका समयमा परेको बाढीपहिरोका कारण खाल्डाखुल्डी रहेको उनको भनाइ छ । उनले भने, “सम्भावित दुर्घटना रोक्न सडक मर्मत चाँडो गर्नुपर्ने आवाज हामीले उठाइरहेका छौँ ।”

अघिल्ला वर्षमा दशैँलाई लक्षित गरेर नयाँ बस भित्र्याउने गरिएकामा यस वर्ष नयाँ खरीद नगरिएकाले भएकैलाई व्यवस्थित गरेर सञ्चालन गर्नुपर्ने अवस्था रहेको महासचिव सिटौलाले बताए।

 दशैँका समयमा कति गाडी आवश्यक छ र महासङ्घले कति काठमाडौँ झिकाउन सक्छ भन्ने टुङ्गो लागिसकेको छैन । उनले भने, “हामीले त्यसबारे देशभर रहेका व्यवसायीसँग बुझिरहेका छौँ ।” वर्षेनी दशैँ शुरु हुनुभन्दा झण्डै एक महीना पहिले नै अग्रिम टिकट खुलाउने गरेकामा यस वर्ष गत वर्षभन्दा ढिलो टिकट खुल्ने निर्णय भएको छ ।



शुक्रबार २७, भदौ २०७६ ११:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.