भारतको सिम्लामा पहाडमा बेचिएका १४ बर्षीय बालकको उद्धार

उद्धार

Yugnepal     774 पटक पढिएको    

भारतको सिम्लामा पहाडमा बेचिएका १४ बर्षीय बालकको उद्धार

धनगढी। भारतको हिमाञ्चल प्रदेशको सिम्लामा बेचिएका १४ बर्षीय बालकको उद्धार गरिएको छ। आज धनगढीमा पत्रकार सम्मेलन गरी दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरी घर भएका १४ बर्षीय बालक विशाल चौधरीको सकुशल उद्धार भएको सामाजिक अभियन्ता प्रतीक बिष्टले जानकारी गराए।

नेपाल पत्रकार महासँघ कैलालीको सभाहलमा आज पत्रकार सम्मेलन गरि भारतको हिमाञ्चल प्रदेशको सिम्ला जिल्लाको पुजार्ली गाउँबाट सो बालकको सकुशल उद्धार गरिएको सामाजिक अभियन्ता प्रतीक बिष्ट अमरले बताए।

 पत्रकार सम्मेलनमा बोल्दै बिष्टले बालकको आमा बुवा कोहि नभएकाले सम्पुर्णले बालकको सहयोग गर्न समेत आग्रह गरेका छन। पत्रकार सम्मेलनमा बोल्दै नागरिक आवाज पत्रिका तथा अनलाईनका प्रकाशक तथा प्रधान सम्पादक दीपेन्द्र बस्नेतले कठिन यात्रा र खतरा मोल्दै बालकको उद्धार गर्न सफल भएकोमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने महानुभाव प्रती आभार प्रकट गरेका छन।

कञ्चनपुर जिल्लाको पुनर्वासबाट प्रकाशित साप्ताहिक पत्रिका नागरिक आवाजरनागरिक आवाज अनलाईन डटकमका पत्रकार दीपेन्द्र बस्नेत र जुद्ध चौधरी तथा सामाजिक अभियन्ता प्रतीक बिष्टको पहलमा बालकको उद्धार गरिएको हो। भारत लखनऊका गौरव श्रिवास्तवको विशेषसहयोगमा उद्धार कार्य सफल भएको सामाजिक अभियन्ता प्रतीक बिष्टले बताए।

भदौ १२ गते नागरिक आवाज अनलाईनले बालक भारतको सिम्लामा बेचिएको समाचार प्रकाशित गरेको थियो। मानव बेचबिखन सम्बन्धी काम गर्ने सरकारी तथा गैर सरकारी सँस्थाले चासो नदेखाए पछि जुम्ला जिल्लाका प्रतीक बिष्टले बालकको उद्धार गर्ने नागरिक आवाजको टिम सँग प्रतिबद्धता जनाएका थिए।

वालका गाउँले नाता भिनाजु पर्ने काजु चौधरीले फकाइ भारतको हिमाचल स्थित सिम्लामा लगेर आफुलाई बचेको पिडित बालकले बताए । भिनाजु नाता पर्नेले उनलाई सिम्ला भन्दा झन्डै दुई सय किलोमिटर टाढा पुजार्ली गाउँमा पुर्याएका थिए । वालकलाई सामाजिक अभियन्ता प्रतीकबिष्टको संयोजकत्वमा भारत लखनउका गौरव श्रीवास्तबको सहयोग तथा संचारकर्मी दिपेन्द्र बस्नेत र जुद्ध चौधरीको समुहले भारतबाट सकुशल उद्धार गरि नेपाल पुगाएको सामाजिक अभियन्ता प्रतीक बिष्टले बताए ।

 भिनाजु नाता पर्ने सोही गाउँकै काजु चौधरीले भारतमा सँगै बसौला र संगै काम गरौंला भनी फकाएर घरबाट ल्याएको र आफुलाई सिम्लामै छोडेर आफू फरार भएको पिडित बालकले बताएका छन् । बालक २०७५ चैत २९ गते भिनाजु नाता पर्ने काजु चौधरी संग भारतको हिमाचल प्रदेशको सिम्ला गएका थिए । सिम्ला पुगिसकेपछी काजु चौधरीले प्रदीप भन्ने मान्छेको घरमा आफुलाई छोडेर सम्पर्क बिहिन भएको बालक बताउछन ।

 सिम्लामा मालिकले स्याउ टिप्ने, स्याउका क्रेट ओसार्ने, बाँदर धपाउने,भाँडा माझ्ने र घरको कुकुर स्याहार्ने काम गराउने गरेको उनी बताउछन। दैनिक चौध पन्ध्र घण्टा काममा खट्नु पर्ने र त्यसमाथि मालिकले कुट्ने पिट्ने र गाली गर्ने गरेको पिडित बालकले दुखेसो पोखेका छन ।

 उद्धार पछि आजै कैलाली जिल्ला प्रहरी कार्यालयमा दोषी काजु चौधरी विरूद्ध मानव बेचबिखन तथा ओसार पसारको मुद्धा दर्ता गर्न खोज्दा नमाने पछि दाङ्ग जिल्लामा गएर दोषी उपर कडा कार्बाहीको माग सहित क्षतिपुर्तीको लागि जिल्ला प्रहरी कार्यालय दाङ्गमा मुद्धा दर्ता गरिने सामाजिक अभियन्ता प्रतीक बिष्टले जानकारी गराए।

 



बुधबार २५, भदौ २०७६ ०९:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.