युरोकप फुटबल छनोटस् जर्मनी, नेदरल्याण्ड बिजयी हुँदा क्रोएसियाले बराबरीमा चित्त बुझायो

Yugnepal     1068 पटक पढिएको    

युरोकप फुटबल छनोटस् जर्मनी, नेदरल्याण्ड बिजयी हुँदा क्रोएसियाले बराबरीमा चित्त बुझायो

काठमाडौं। युरोकप फुटबल छनोट खेलहरुमा उपाधि दावेदारहरु नेदरल्याण्ड, जर्मनी, बेल्जियम जस्ता टोली बिजयी भएका छन् भने विश्वकप उपबिजेता क्रोएसियाले भने अजरबैजानसँग अंक बाँडेको छ।

त्यसैगरि स्लोभेनिया, रुस, साईप्रस पनि बिजयी भएका छन्। युरो छनोटको अन्तिम नतिजा नोवेम्बर २० , २०१९मा आउने छ। अझै लगभग सबै टोलीले आफ्नो आधा खेलहरु खेल्ने बाँकी रहेको अवस्थामा साविक बिजेता टोलीहरु अंक तालिकामा अगाडी रहेका छन्।

समूह सीमा नेदरल्याण्डले ईस्टोनियालाई ४(० गोलले पराजित गरेको छ भने जर्मनीले नर्देन आयरल्याण्डलाई २(०ले पराजित गरेको छ। समूह ई मा क्रोएसीया र अजरबैजान १(१को बराबरीमा रहेका छन् भने स्लोभाकियाले हंगेरीलाई पराजित गरेको छ।

समुह आईमा बेल्जियमले स्कटल्याण्डलाई ४(०ले पराजित गर्दा रुसले काजकस्तानलाई १(०ले पराजित गरेको छ।



मङ्गलबार २४, भदौ २०७६ १०:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal