धनगढीमा मिटर ब्याजले अपराध फस्टायो, करोडौँ रकम सहित फरार हुने बढे

Yugnepal     594 पटक पढिएको    

धनगढीमा मिटर ब्याजले अपराध फस्टायो, करोडौँ रकम सहित फरार हुने बढे

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मिटर ब्याज र ढुकुटी खेलाउने समूहहरुको सञ्जाल फैलिँदै गएपछि अपराधले पनि प्रसय पाएको छ। मिटर व्याज र ढुकुटी खेलेर एकै पटक धेरै पैसा आउने लोभका कारण धेरैको टाट पल्टिएको छ भने अपराध पनि फस्टाएको छ।

रातारात मालामाल हुने सपना देखाउँदै धनगढीमा मिटर ब्याजको अवैध धन्दा झन झन सांगठनिक रुपमा फस्टाउँदै गएको हो। ‘मिटर ब्याज र ढुकुटीले कतिपयको पैसा मात्रै स्वाहा भएको छैन, इज्जत र प्रतिष्ठा पनि धमिल्याइदिएको छ,’ नागरिक समाजका अगुवा प्रमोद पाठले भने, ‘मिटर ब्याजका कारोवारीलाई राजनीतिक दलका नेताहरुले नै संरक्षण गर्न थालेपछि अवैध धन्दा फस्टाएको हो।’

उनका अनुसार मिटर ब्याजलाई रोक्न नेताहरुले कारोवारीलाई जोगाउन खेल बन्द गर्नुपर्छ। मिटर ब्याजकै अवैध धन्दाका कारण कैलाली जिल्ला अदालतमा मात्रै चेक अनादरका मुद्धा बढ्दै गएका छन्। आर्थिक बर्ष २०७४र०७५ मा एक सय पाँच चेक अनादरका मुद्दा कैलाली जिल्ला अदालतमा दर्ता भएकोमा गत आर्थिक बर्षमा त्यो संख्या बढेर दुई सय ५३ पुगेका छन्।

‘चेक अनादरको मुद्धा बढ्नुले मिटर ब्याज र ढुकुटीको अवैध धन्दा मौलाएको स्पष्ट हुन्छ,’ अधिवक्ता गंगाराम पाध्यायले भने, ‘अदालतले कानुनी रुपमै मिटर ब्याज भन्न सक्दैन तर चेक अनादर बढ्नुले धनगढीमा मिटर ब्यान र ढुकुटी जस्ता अवैध धन्दा मौलाएको पुष्टि हुन्छ।’

कैलालीका एक जना प्रहरी अधिकारीका अनुसार धनगढीमा मिटर व्याज र ढुकुटीमा उच्च र बौद्धिक वर्गको संलग्नता देखिएको छ। कैलालीमा सम्पन्न र सौखिन महिलाहरु बढी मात्रामा मिटर व्याज र ढुकुटीको चक्करमा फसेका छन्। ‘मिटर ब्याजको धन्दामा रहेकाहरुले, बाउन्सर राखेका छन्,’ श्रोतले भन्यो, ‘चर्को ब्याजमा रकम लिने /

दिनेश खवर अनलाइन



आइतबार २२, भदौ २०७६ १०:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.