कैलालीमा  हतियार, सुन र करोडौँका चेक सहित पक्राउ परेका तीन जना सार्वजनिक

सार्वजनिक

युग संवाददाता     1461 पटक पढिएको    

कैलालीमा  हतियार, सुन र करोडौँका चेक सहित पक्राउ परेका तीन जना सार्वजनिक


कैलाली जिल्लाको चटकपुरबाट चार थान पेस्तोल, सुन र विभिन्न कागजात सहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय कैलालीले बुधवार पक्राउ गरेका तीनै जनालाई विहीवार सार्वजनिक गरेको हो।  

धनगढी –६ मटियारीका सञ्जय राणा भनिने सञ्जय समशेर राना सोही ठाउँका कमल बहादुर बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो। प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात समेत बरामद गरेको प्रहरीले  पत्रकार सम्मेलनमा जानकारी दिएको  छ। 

विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरीले बताए।

विभिन्न व्यक्तिका नाममा काटेका र खाली गरि ५७ वटा चेक पनि बरामद गरिएको उनले बताए। दुई करोड ४५ लाख रुपैँयाका काटेका चेक बरामद गरिएको  जिल्ला प्रहरीकार्यालय कैलालीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।  

 

 

https://www.youtube.com/watch?v=zv91-4WeKOg&t=95shttps://www.youtube.com/watch?v=zv91-

 



बिहिबार १९, भदौ २०७६ ०७:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal