राष्ट्रपति सीको भ्रमण सहज बनाउन चिनियाँ विदेशमन्त्री वाङ आउँदै

Yugnepal     610 पटक पढिएको    

राष्ट्रपति सीको भ्रमण सहज बनाउन चिनियाँ विदेशमन्त्री वाङ आउँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तयारी तीव्र भइरहेको छ । उक्त क्रमका लागि चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल भ्रमणमा आउँदै छन् । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा वाङ दुईदिने भ्रमणका लागि नेपाल आउने भएका हुन् । वर्तमान सरकार गठन भएपछि चीनका तर्फबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ।

सीको काठमाडौं आगमनको औपचारिक मिति तय गर्न र भ्रमणको तयारीलाई तीव्रता दिन वाङ आउन लागेका हुन् । राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने र यही क्रममा काठमाडौंसमेत आउने बताइएको छ । 

शुक्रबार आउँदै गरेका वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्ने कार्यतालिका तय गरिएको छ।

चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स् (बीआरआई) परियोजना र चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन विभिन्न परियोजनाबारेमा बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति सी झण्डै ९ घण्टाका लागि नेपाल आउन सक्ने पनि बताइएको छ । 



बिहिबार १९, भदौ २०७६ १२:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.