सञ्चारकर्मी पुर्नवाहालीका लागि प्रेस युनियनको धनगढीमा प्रर्दशन

युग संवाददाता     766 पटक पढिएको    

सञ्चारकर्मी पुर्नवाहालीका लागि प्रेस युनियनको धनगढीमा प्रर्दशन

 

धनगढी -  विना कारण रेडियो नेपालबाट निष्काशन गरिएका सञ्चारर्मीहरुको पुर्नबहालीको माग गर्दै धनगढीको मुख्यबजार पार्क मोडदेखी जिल्ला प्रशासन कार्यालय सम्म र्याली प्रर्दशन गरिएको थियो ।

र्यालीमा पत्रकारहरुले बिना कारण र्बखास्त गरिएका पत्रकारहरुको पुर्नवहाली गर, प्रेस स्वतन्त्रताको ग्यारन्टी गर, मिडीया माथिको हस्तक्षेप बन्द गर, मिडीया मैत्री वातावरण सिर्जना गर जस्ता पोस्टरहरु छातिमा टासेर पर्दशन गरेका थिए ।


प्रेस युनियन कैलाली शाखाले प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत सञ्चारमन्त्रीलाई ध्यानार्कषण पत्रसमेत पठाएका छन् । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उक्त ध्यानाकर्षण पत्र गृहमन्त्रालय मार्फत सञ्चार मन्त्रीलाई पठाउने प्रतिद्धता जनाए ।
विरोध र्यालीमा सहभागी नेपाल प्रेस युनियनका संस्थापन तथा बरिष्ट पत्रकार तारानाथ दाहालले रेडियो नेपाल प्रादेशीक प्रसारण केन्द्र दिपायलमा कार्यरत तिन जना पत्रकारहरुको सरकारले रोजी रोटी खोस्ने काम निन्दनिय भएको बताए । उनले बर्खास्त गरिएका पत्रकारहरुको पुर्नवहाली नहुन्जेलसम्म आन्दोलनका कार्यक्रमहरु थप शसक्तढंगले अगाडी लैजानुपर्ने धारणा राखे ।
प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारहरुका हकहितको लागी आफुहरु सधैलागीपर्ने बताउदै रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलबाट बिनाकारण निष्कासन गरिएका पत्रकारहरुको तत्काल पुर्नबहाली गर्नुपर्ने माग गरे । रेडियो नेपालले भदौबाट लागु हुनेगरी रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत नेपाल पत्रकार महासंघ डोटी शाखाका उपाध्यक्ष सुनिता रावल, सह सचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई विना कारण निष्काशन गरेको थियो । जसको विरोधमा विगत तिनसातादेखी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा नेपाल पत्रकार महासंघ, प्रेस युनियन लगाएत विभिन्न संघसंस्थाले विरोध जनाउदै आएका छ । बिनाकारण बर्खास्त गरिएका सञ्चारकर्मीहरुको पुनर्वहालीको माग गर्दै पत्रकार महासंघ डोटी शाखाले भदौ ४ गतेदेखी निरन्तर धर्ना लगायत संघर्षका कार्यक्रम गरिरहेको छ ।



बुधबार १८, भदौ २०७६ ०७:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.