सुर्खेतको जंगलमा मरेका गाईगोरुको संख्या ३४ पुग्यो

समाज

Yugnepal     745 पटक पढिएको    

सुर्खेतको जंगलमा मरेका गाईगोरुको संख्या ३४ पुग्यो



सुर्खेत । सुर्खेतमा मरेका गाईगोरुको संख्या ३४ पुगेको  छ । नेपालगञ्ज महानगरपालिकाले नियन्त्रणमा लिएर कान्जिहाउसमा राखेका छाडा गाइगोरु  चौपाया  दैलेख लैजाने भन्दै ल्याएर शुक्रबार सुर्खेतका जंगलमा छाडिएका थिए । यसै क्रममा वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २५ वटा र बेउरेनी जंगलमा ९ वटा मृत भेटिएका हुन् । 

शनिबार १ सय ४४ वटा गाईगोरु नेपालगञ्ज फिर्ता पठाइएको प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशीले जानकारी दिए । गाइगोरु ल्याउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । 

उनले भने, ‘जंगलमा मरेका भेटिएका छन् ।केहीलाई नेपालगञ्ज पठाइसकिएको छ । मरेका गाइहरुको व्यवस्थापन गर्ने काम भयो । हामीले चालकसहित ट्रकहरुलाई नियन्त्रणमा लिएर कसरी गाईगोरु मरे भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ ।’



शनिबार १४, भदौ २०७६ ०२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.