बाजुरावासीको पीडाः डर लाग्दो भिरमा भयाङको साहारा

जोखिमपूर्ण यात्रा

Yugnepal     1300 पटक पढिएको    

बाजुरावासीको पीडाः डर लाग्दो भिरमा भयाङको साहारा

 

बाजुराको गौमुलगाउँपालिकामा रहेको काल्चेको भिरमा भ(याङको साहारामा जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ। देख्दा पनि निकै डर लाग्दो भिर त्यसैमा काठको भ(याङमा जोखिम मोलोर यात्रा गर्नु परेको स्थानीवासीले बताएका छन्।

काल्चेको भिर गौमुल गाउँपालिका वडा नम्बर ६ र २ को बिचमा पर्ने गर्छ। ‘यो भिरमा आवतजावत गर्दा त त्यसै पनि डर लाग्छ, त्यसैमा काठको भ(याङ मार्फत आवतजावत गर्दा त्रासपूर्ण वातावरणमा ओरदोहर गर्नु परेको छ,’ आड्रा नेपालमा कार्यरत अनमी सुस्मिता परिवारले भनिन, ‘भ(याङमा ओहोरदोहोर गर्दा अलिकति चिप्लीए भने सिधै तल बुढिगंगा नदिमा खस्ने त्रास हुन्छ।’ 

गौमुल गाउँपालिका वडा नम्वर १ का अध्यक्ष बल बहादुर रोकायाले भीरमा जोखिम मोलेर यात्रा गर्नुपरेको स्विकार गरे। सोही बाटो भएर गौमुल १, २ र ३ का स्थानिय ओहोरदोहोर गर्ने गरेका छन्। तीन वटै वडाका बासिन्दाले गाउँपालिकाको कार्यलय आउन पनि सोही बाटो प्रयोग गर्ने गरेका छन्।


गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले भने ठेकेदारको लापरवाहीले यस्तो भएको बताए। पहिले निर्माण गरिएको बाटो भत्कीयो र ठेकेदारले त्यो भन्दा अगाडि काम नबढाएको उनको आरोप छ। सडक निर्माणमा डिबि कन्ट्रशन र सुन्नदा मष्टेश्बरी निर्माण सेवाले काम गरेका थिए। भिरमा भ(याङमा आवतजावत गर्न महिला वालवालिका बृद्धलाई झन समस्या भएको छ। दिनेश खबर बाट साभार समाचार



शुक्रबार १३, भदौ २०७६ ०३:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal