समाजिक सद्भाव विथल्ने खालेको अभिव्यक्ति दिनु गैर जिम्मेवार - नेता रावल

युग संवाददाता     946 पटक पढिएको    

समाजिक सद्भाव विथल्ने खालेको अभिव्यक्ति  दिनु गैर जिम्मेवार - नेता  रावल


 धनगढी भदौं ११ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा  सुदूरपश्चिम इन्चार्ज भीम रावलले समाजिक सद्भाव विथल्ने खालेको अभिव्यक्ति  दिनु गैर जिम्मेवार रहेको बताएका छन् ।
टिकापुरमा  आयोजित  थारुवान÷थारुहट राष्ट्रिय सम्मेलनमा  आएर बाबुराम भट्टराईले  टीकापुरका जन्ताहरुलाई  आन्दोलन गर भन्नु  र्मुखता हो नेता रावले भने ।   नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा वुधवार आयोजना गरेको  पत्रकार सम्मेलनमा  नेता रावले सो कुरा बताएका हुन । एकआपसमा मिलेर बसेका समुदायलाई भड्काउनको लागि भट्टराईले गैर जिम्मेवारपूर्ण भाषा  प्रयोग गर्नु गलत भएको नेता रावले बताए ।  
‘देशको प्रधानमन्त्री अर्थमन्त्री  भईसकेको व्यक्तिले गलत  अभिव्यक्ति दिनु राष्ट्रको हित विपरित हो,’ भएको  नेता रावलले पत्रकार सम्मेलनमा बताए हुन  ।  ‘मिलेर बसेको समुदायलाई भड्काउन कसैले पाउँदैन् नेता रावल ले भने ।’ कैलालीको टिकापुरमा आयोजना गरेको  थारुवान÷थारुहट राष्ट्रिय सम्मेलनमा सहभागि बाबुराम भट्टराईले जन्ताहरुलाई   अधिकारका लागि आन्दोलन चर्काउनु पर्छ भन्ने अभिव्यक्ति दिएका थिए । नेता रावलले स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताएका छन्।
जिल्लाका जनवर्गीय सङ्गठन एकीकरण कार्यलाई तीव्रता दिइने र केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेकाल अब प्रदेशका सबै स्थानीय तह र जनवर्गीय सङ्गठन एकीकरणको कामलाई छिट्टै अघि बढाइने  पत्रकार सम्मोलनमा बताए ।

 



बुधबार ११, भदौ २०७६ ०२:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.