स्थानीय तहको बेथितिः एउटै सिफारिसमा फरक फरक दस्तुर

Yugnepal     607 पटक पढिएको    

स्थानीय तहको बेथितिः एउटै सिफारिसमा फरक फरक दस्तुर

रंगेली। मोरङको रंगेली नगरपालिकाले एउटै शीर्षकको करदरमा दोहोरो मापदण्ड अपनाएर दस्तुर असुल्ने गरेको पाइएको छ ।

वडापिच्छे नै एउटै शीर्षको दस्तुरमा फरक दर लिने गरेको पाइएको हो । रंगेली नगरपालिका वडा नम्बर ५ का विनोदकुमार हलुवाईले घरबाटो सिफारिस दस्तुरबापत ५ सय २० रुपैयाँ बुझाएका छन् । 

जबकि सोही शीर्षकमा वडा नम्बर ३ ले सेवाग्राही प्रेमलता चिरनियासंग त्यो वडाले निवेदन तथा घरबाटो सिफारिस शीर्षकमा ५ सय १० रुपैयाँ लिएको छ । 

नगरपालिकाको आम्दानी संकेत नम्बर ९२० १४२४३ उल्लेख भएको दस्तुर बुझाएको कागजातमा तिरेको दस्तुर भने फरक छ । 

हलुवाइले किन वडैपिच्छे एउटै सिफारिसमा बढी रकम लिइयो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन् । 

हलुवाईसँग वडाका कर्मचारी दिपक मण्डलले सही गरी दस्तुर लिएका हुन् । 

यता रंगेली नगरपालिका वार्ड नं ५ का वडाअध्यक्ष महानन्द मण्डलले आफुलाई दस्तुरको विषयमा थाहा नभएको बताउँदै थप बुझेर बताउने भन्दै पन्छिए ।



बुधबार ११, भदौ २०७६ १०:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.