धनगढीमा जारी गौरा महोत्सवको समापन

युग संवाददाता     831 पटक पढिएको    

धनगढीमा जारी गौरा महोत्सवको समापन


कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरको गौरा महोत्सव सोमवार सम्पन्न भएको छ ।
हाम्रो संस्कृति हाम्रो पहिचान   नेपाल नामक संस्थाको आयोजनामा प्रदेशस्तरको गौरा महोत्सवको आयोजना गरिएको थियो  ।

समापन कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सबै जाती, क्षेत्र समुदायका चाडपर्वलाई सामान महत्व दिने गरेको बताए । चाडपर्वहरुको अवसरमा गरिने मेला महोत्सवहरुले सबैलाई एकतामा बाध्नका लागि सहयोग गर्दछन् नगरप्रमुख वडले भने, सामाजिक सद्भावलाई बलियो बनाउनका लागि पनि कार्यक्रम आवश्यक हुन्छन् ।  


प्रतियोगितामा कञ्चनपुरको टिक प्रथम तारानगर धनगढीको टिम कैलाली गाउँको टिम द्धितिय र तारानगरको टिम तृतिय,  भएको थियो । आयोजक सस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छाले सुदूरपश्चिमको भाषा सस्कृतीको प्रवद्र्धन र प्रचार–प्रशार गर्ने उद्देश्यका साथ गौरा महोत्सवको चौथो संस्करण सुरु गरेको बताए ।

प्रादेशिक डेउडा प्रतियोगिता, नौँ वटै जिल्लाका सास्कृतीक झाँकी प्रदर्शनी, लोक संस्कृती सम्वन्धी कार्यपत्र प्रस्तुत, लोक बाजाहरुको प्रदर्शनी, लोक नृत्य तथा गायन, बाल प्रतिभा प्रबद्र्धन र लोक संस्कृतीका क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेका अग्रज सात जना श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

SPA College

 



सोमबार ०९, भदौ २०७६ ०९:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.